लन्डन । बेलायती अर्थमन्त्री फिलिप हयामण्डले सरकारको बार्षिक बजेट बुधबार संसद समक्ष प्रस्तुत गर्ने तयारी गरेका छन् । बढ्दो मुल्यस्फिति तथा ऋणभार, ब्रेक्जिट, खस्कंदो जीवनस्तर आदिले बेलायतको अर्थतन्त्र चुनौतीपूर्ण रहेका बेला अर्थमन्त्रीले करिब ८०० अर्ब पाउण्ड भन्दा बढिको बजेट प्रस्तुत गर्ने बेलायती अखवारहरुले जनाएका छन् ।
अर्थमन्त्री ह्यामण्डले बढ्दो घर स्वामित्वमा लक्ष्य गर्दै तीन लाख नयाँ घर बनाउने घोषणा गर्ने आंकलन गरिएको छ । डिजेलको इन्धन कर बढ्नसक्ने तथा लोककल्याणकारी अन्तर्गत युनिभर्सल क्रेडिटलाई कुन रुपले परिमार्जित गर्नेछन् भन्ने चासोको विषय छ ।
नयां अवधारणा अनुरुप पाइलट प्रोजेक्टका रुपमा शुरु गरिएको युनिभर्सल क्रेडिटको प्रतिपक्षी लेबर पार्टीले चर्को आलोचना गर्दै आएको छ । कर, सरकारी खर्च तथा आगामी बेलायती अर्थतन्त्रको प्रक्षेपणको लागि यस बजेटले कस्तो मार्गदर्शन तय गर्छ भन्ने सर्वत्र चासो बनेको छ ।
कन्जरभेटिभ सरकारले सन् २०१० देखि अपनाएको अस्टेरिटी नीतिले बेलायतका निम्न वर्गीय मानिसले ठूलो मुल्य चुकाउनु परेको भन्दै प्रतिपक्षी लेबर पार्टीका नेता (छाया अर्थमन्त्री) जोन म्याकडोनलले आपतकालिन बजेट ल्याउनु पर्ने माग गरेका छन् ।
गत आइतबार एक टेलिभिजन कार्यक्रममा अर्थमन्त्री हयामण्डले बेलायतमा कोही बेरोजगार नरहेको विवादास्पद भनाइ राखेका थिए तर पछि उनले आफ्नो भनाइ सच्याए । बेलायतमा करिब १४ लाख मानिस आधिकारिक रुपमा बेरोजगार रहेको तथ्यांक छ ।
गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन गर्न एनआरएनएको माग
दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरका कान्छा छोरा शिखरजीत गम्भीर बिरामी, सहयोगको अपिल
बेलायतका राजा चार्ल्स तृतीय र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइट हाउसमा भेटवार्ता
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बेलायतवासी युद्ध साहित्यकार काङमाङ नरेश राईलाई ‘प्रज्ञा अन्तर्देशीय पुरस्कार-२०८२’ प्रदान गरिने
पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला