
बेलायतको वार्षिक बजेट बुधबार
लन्डन । बेलायती अर्थमन्त्री फिलिप हयामण्डले सरकारको बार्षिक बजेट बुधबार संसद समक्ष प्रस्तुत गर्ने तयारी गरेका छन् । बढ्दो मुल्यस्फिति तथा ऋणभार, ब्रेक्जिट, खस्कंदो जीवनस्तर आदिले बेलायतको अर्थतन्त्र चुनौतीपूर्ण रहेका बेला अर्थमन्त्रीले करिब ८०० अर्ब पाउण्ड भन्दा बढिको बजेट प्रस्तुत गर्ने बेलायती अखवारहरुले जनाएका छन् ।
अर्थमन्त्री ह्यामण्डले बढ्दो घर स्वामित्वमा लक्ष्य गर्दै तीन लाख नयाँ घर बनाउने घोषणा गर्ने आंकलन गरिएको छ । डिजेलको इन्धन कर बढ्नसक्ने तथा लोककल्याणकारी अन्तर्गत युनिभर्सल क्रेडिटलाई कुन रुपले परिमार्जित गर्नेछन् भन्ने चासोको विषय छ ।
नयां अवधारणा अनुरुप पाइलट प्रोजेक्टका रुपमा शुरु गरिएको युनिभर्सल क्रेडिटको प्रतिपक्षी लेबर पार्टीले चर्को आलोचना गर्दै आएको छ । कर, सरकारी खर्च तथा आगामी बेलायती अर्थतन्त्रको प्रक्षेपणको लागि यस बजेटले कस्तो मार्गदर्शन तय गर्छ भन्ने सर्वत्र चासो बनेको छ ।
कन्जरभेटिभ सरकारले सन् २०१० देखि अपनाएको अस्टेरिटी नीतिले बेलायतका निम्न वर्गीय मानिसले ठूलो मुल्य चुकाउनु परेको भन्दै प्रतिपक्षी लेबर पार्टीका नेता (छाया अर्थमन्त्री) जोन म्याकडोनलले आपतकालिन बजेट ल्याउनु पर्ने माग गरेका छन् ।
गत आइतबार एक टेलिभिजन कार्यक्रममा अर्थमन्त्री हयामण्डले बेलायतमा कोही बेरोजगार नरहेको विवादास्पद भनाइ राखेका थिए तर पछि उनले आफ्नो भनाइ सच्याए । बेलायतमा करिब १४ लाख मानिस आधिकारिक रुपमा बेरोजगार रहेको तथ्यांक छ ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सहमतिको एनआरएनए विशेष महाधिवेशन महासचिव शर्मा र सचिव जोशीको भूमिकाले विवादमा
- विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापनपक्षद्वारा सहमतिको उल्लङ्घन
- बेलायतमा अफ्रिकाका नयाँ भेरियन्टका ७७ संक्रमित फेला परे
- कोरोना विरुद्धको खोप अभियान १४ माघमा प्रधानमन्त्री ओलीले शुभारम्भ गर्ने
- भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति