लन्डन । अहिले एकपछि अर्को चलचित्रमा व्यस्त भइरहेका नायक निखिल उप्रेतीको नयां चलचित्र ‘किङ’ लन्डनमा प्रदर्शन हुने भएको छ । केही महिना अगावै नेपालमा सफल प्रदर्शन भइसकेको यस चलचित्र वुलवीचस्थित द ट्रामसेड थिएटरमा नोभेम्बर २६ तारिख आइतबार ६. ३० बजे प्रदर्शन गरिंदै छ ।
चलचित्र निर्मात्री जुना श्रेष्ठ र कलाकार मनिष श्रेष्ठको संयोजकत्वमा ‘किङ’ प्रदर्शन गर्न लागिएको हो ।
एक्सन किङको उपाधि पाएका नायक उप्रेतीको एक्सन नै एक्सनले भरिएको चलचित्र ‘किङ’ लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।
चलचित्रमा निखिलका साथ अनुप विक्रम शाही र बेनिशा हमाल मुख्य भूमिकामा छन् । जगन श्रेष्ठको प्रस्तुतिमा तयार भएको चलचित्र जयन श्रेष्ठले निर्माण गरेका हुन् ।
यस्तो छ ट्रेलर
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए