लन्डन । अहिले एकपछि अर्को चलचित्रमा व्यस्त भइरहेका नायक निखिल उप्रेतीको नयां चलचित्र ‘किङ’ लन्डनमा प्रदर्शन हुने भएको छ । केही महिना अगावै नेपालमा सफल प्रदर्शन भइसकेको यस चलचित्र वुलवीचस्थित द ट्रामसेड थिएटरमा नोभेम्बर २६ तारिख आइतबार ६. ३० बजे प्रदर्शन गरिंदै छ ।
चलचित्र निर्मात्री जुना श्रेष्ठ र कलाकार मनिष श्रेष्ठको संयोजकत्वमा ‘किङ’ प्रदर्शन गर्न लागिएको हो ।
एक्सन किङको उपाधि पाएका नायक उप्रेतीको एक्सन नै एक्सनले भरिएको चलचित्र ‘किङ’ लाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ।
चलचित्रमा निखिलका साथ अनुप विक्रम शाही र बेनिशा हमाल मुख्य भूमिकामा छन् । जगन श्रेष्ठको प्रस्तुतिमा तयार भएको चलचित्र जयन श्रेष्ठले निर्माण गरेका हुन् ।
यस्तो छ ट्रेलर
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा