
वरिष्ठ साहित्यकार श्रेष्ठको निधन
लन्डन । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित एक जना वरिष्ठ साहित्यकार डा. कविताराम श्रेष्ठको ७० बर्षको उमेरमा आइतवार बिहान निधन भएको छ । उनलाई शनिबार चिन्ताजनक अवस्थामा वकिङको सेन्ट पिटर हस्पिटल भर्ना गरिएको थियो ।
श्रेष्ठ सन् २००८ देखी परिवारका साथ बेलायतको वकिङ बस्दै आएका थिए । उनी नेपाली साहित्यमा ‘अस्वीकृत आन्दोलन’ का प्रबर्तक हुन् । अक्सिजन साथमा लिएर पनि श्रेष्ठ साहित्यिक गतिविधिमा सरिक भइरहन्थे । उनका नेपाली तथा अंग्रेजी गरि ३३ कृति प्रकाशित छन् ।
डा. श्रेष्ठ लुम्बिनी कपिलवस्तु डे अभियानका संस्थापक पनि हुन् । बुद्धका जीवनीमा आधारित अनुसन्धनात्मक उपन्यासका लेखक समेत रहेका श्रेष्ठ ‘बुद्धको जन्मस्थान नेपाल’ रहेको प्रचार प्रसार गर्ने अभियानमा खुबै समर्पित थिए । उनले आफूहरुको भेटमा अझै बांचेर केही गर्ने आफ्नो चाहना रहेको बताउने गरेको बिश्व नेपाली साहित्य महासंघका अध्यक्ष विश्वासदीप तिगेलाले बताए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- बेलायतमा कसरी बन्यो कोभिड–१९ बारे जानकारी दिने नेपाली भाषामा पर्चा ?
- सोमबारदेखि बेलायत छोड्न फाराम भर्नुपर्ने, २०० पाउण्ड जरिवाना हुनसक्ने
- आजदेखि बेलायत आइपुग्ने यात्रुले १० दिन होटल क्वारेन्टिनमा बस्न पर्ने
- कारोना संक्रमणका कारण प्रवासमा मृत्यु भएकाको शव नेपाल लैजाने पाइने
- गोरखा भूपू सैनिकको समस्याबारे प्राविधिक समितिको प्रतिवेदनमाथि बेलायतले नेपालसित वार्ता नगर्ने
फेसबुक