लन्डन । सहारा यूकेको च्यारिटी डिनर नाइट शनिबार अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको छ । सयौं सहभागी उक्त कार्यक्रमबाट करिब १० लाख रुपैयां संकलन भएको अध्यक्ष मिनबहादुर गुरुङ (साईंला) ले जानकारी दिए । संकलित रकम बेलायतमा सहारा यूके खेलाडीको खेल खर्च, सिन्धुपाल्चोकस्थित श्री महादेवस्थान माध्यमिक विद्यालय पुनर्निर्माण र सहारा पोखरा एकेडेमीका लागि खर्च गरिने अध्यक्ष गुरुङले बताए ।
सहारा पोखराले आगामी जनवरी २३ देखि ०३ फेब्रुअरीसम्म पोखरामा आहा रारा गोल्ड कप गर्दैछ । यही अवसरमा सिन्धुपाल्चोकको विद्यालय उद्घाटन र कास्कीको श्री सरस्वती प्राइमरी स्कुल उद्घाटन गर्ने योजना रहेको पनि अध्यक्षले जानकारी दिए ।
च्यारिटी डिनर कार्यक्रम उद्घाटन प्रमुख अतिथी एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी र सहारा यूके अध्यक्ष गुरुङले संयुक्त रुपमा दीप प्रज्वलन गरि गरेका थिए । कार्यक्रममा बेलायतस्थित दर्जनौं नेपाली संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
महासचिव कृष्ण गुरुङले सञ्चालन गरेको कार्यक्रममा यस वर्षको सहारा यूके अवार्ड शारदा गुरुङ र सहारा यूके स्पेशल अवार्ड हरि श्रेष्ठलाई प्रदान गरिएको छ । कार्यक्रममा सहारा यूकेका नयां गोल्ड मेम्बरहरुलाई ब्याज वितरण गर्नुका साथै विभिन्न संघसंस्थामा निर्वाचित हुने सहाराका सदस्य, कार्यक्रम प्रायोजक तथा सहयोगीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सल्लाहकार योगेश गुरुङले हेल्थ एण्ड सेफटीबारे ब्रिफिङ गरेका थिए भने उपाध्यक्ष तथा कार्यक्रम संयोजक कुमार गुरुङले स्वागत मन्तव्य दिए ।
कार्यक्रमको दोश्रो चरणमा विभिन्न सांस्कृतिक प्रस्तुति भए । योगेश गुरुङ र मन्जु भट्टले सञ्चालन गरेको उक्त चरणमा गायक गायिका ममता गुरुङ, आरके गुरुङ, भुमा गुरुङ, रुपा गुरुङ र धन गुरुङले विभिन्न गीत प्रस्तुत गरेका थिए । त्यस्तै कलाकार गम थापाको कमेडी र विभिन्न कलाकारका आकर्षक नृत्यहरु पनि कार्यक्रमका आकर्षण बने ।
सहारा यूकेले वर्षेनी च्यारिटी डिनर गरेर त्यसबाट संकलित रकम विभिन्न सामाजिक काममा खर्चंदै आएको छ । सहारा यूकेले बेलायती क्लबमा नेपाली खेलाडीलाई अवसर पनि खोजिरहेको छ ।
विगत ६ वर्ष देखि सन्डे लिगको डिभिजन वान खेलिरहेको सहारा यूकेले नेपालमा २८ जना असहाय बालबालिका रेखदेख गरिरहेको सहारा एकेडेमी पोखरालाई नियमित सहयोग गरिरहेको छ । उसले गोरखामा भूकम्पले क्षतिग्रस्त एक विद्यालय निर्माण गरिसकेको छ ।
तस्विरहरु- मिलन तमु
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा