लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोने यूके) ले एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम ‘मिसन पोसिबल’ (प्रोजेक्ट एप्रोच टु प्रोग्रेस मोनिटरिङ) सम्पन्न गरेको छ । नोभेम्बर १८ तारिख शनिबार लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बेलायतका विभिन्न शहर लन्डन, डार्टफोर्ड, मेडस्टोन, आसफोर्ड, रेडिङ, साउथहयाम्टन, बेडफोर्ड, कोल्चेस्टर लगायतबाट उल्लेख्य सहभागिता थियो । ३० जना विभिन्न क्षेत्रका इन्जिनियर सहभागी उक्त कार्यक्रममा क्रसरेल प्रोजेक्ट्का वरिष्ठ इन्जिनियर विजय बज्राचार्यले तालिम प्रदान गरेका थिए ।
कार्यक्रम संयोजक तथा सोने यूकेका कार्यकारिणी सदस्य बेद भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागीलाई प्रोजेक्ट कन्ट्रोल, प्रोजेक्ट मोनिटरिङ लगायतका क्षेत्रमा ग्रुप विभाजन गरी अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रशिक्षक तथा सहभागीहरुलाई सोने यूकेका अध्यक्ष घनश्याम पौडयालले प्रमाणपत्र प्रदान गरे । कार्यक्रम समापन अघि सहभागीले सराहनीय र अति उपयोगी तालिम सञ्चालन गरेको भन्दै सोने यूके टिमलाई धन्यवाद दिएका थिए ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा