लन्डन । सोसाइटी अफ नेपलिज इन्जिनियर्स इन यूके (सोने यूके) ले एक दिने तालिम तथा अन्तरक्रिया कार्यक्रम ‘मिसन पोसिबल’ (प्रोजेक्ट एप्रोच टु प्रोग्रेस मोनिटरिङ) सम्पन्न गरेको छ । नोभेम्बर १८ तारिख शनिबार लन्डन ब्ल्याकहिथस्थित एभरेष्ट इन रेष्टुरेन्टमा कार्यक्रम भएको हो ।
कार्यक्रममा बेलायतका विभिन्न शहर लन्डन, डार्टफोर्ड, मेडस्टोन, आसफोर्ड, रेडिङ, साउथहयाम्टन, बेडफोर्ड, कोल्चेस्टर लगायतबाट उल्लेख्य सहभागिता थियो । ३० जना विभिन्न क्षेत्रका इन्जिनियर सहभागी उक्त कार्यक्रममा क्रसरेल प्रोजेक्ट्का वरिष्ठ इन्जिनियर विजय बज्राचार्यले तालिम प्रदान गरेका थिए ।
कार्यक्रम संयोजक तथा सोने यूकेका कार्यकारिणी सदस्य बेद भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागीलाई प्रोजेक्ट कन्ट्रोल, प्रोजेक्ट मोनिटरिङ लगायतका क्षेत्रमा ग्रुप विभाजन गरी अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा प्रशिक्षक तथा सहभागीहरुलाई सोने यूकेका अध्यक्ष घनश्याम पौडयालले प्रमाणपत्र प्रदान गरे । कार्यक्रम समापन अघि सहभागीले सराहनीय र अति उपयोगी तालिम सञ्चालन गरेको भन्दै सोने यूके टिमलाई धन्यवाद दिएका थिए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?