लन्डन । सोसियल कमर्स प्लेटफर्म ‘सगुन’ भारतमा हुन गइरहेको विश्वभरका उद्यमीहरुको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि छनोट भएको छ । यही नोभेम्बर २८ देखि ३० तारिखसम्म भारतको हाइडराबादस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुन लागेको ‘ग्लोबल इन्टरप्रिनरसीप समिट ०१७’ मा सगुनले उक्त महत्वपूर्ण अवसर पाएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुनमा उक्त समिट आयोजनाको घोषणा गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति ट्रम्पकी सल्लाहकार इभान्का ट्रम्पले समुद्घाटन गर्ने उक्त सम्मेलनमा विश्वभरका १६ सय भन्दा बढि उद्यमी सहभागी हुने अपेक्षा छ । सहभागी उद्यमी तथा लगानीकर्ताहरुबीच विभिन्न चरणमा वर्कसप, प्रवचन, प्रशिक्षण, नेटवर्किङ आदि हुने भएकाले एकापसमा अनुभव आदानप्रदान र सम्पर्क बढ्ने जनाइएको छ । ‘सबैको समृद्धिका लागि पहिला महिला’ नारासहित महिला उद्यमीहरुका सवालमा सम्मेलन केन्द्रित हुने विश्वास छ ।
सगुनकी सह-संस्थापक तथा प्रोडक्ट एण्ड अपरेसन्स प्रमुख स्वाती दयालले भारतमा पहिलो पटक हुन लागेको उक्त समिटमा सगुन सहभागी हुन पाउनु ठूलो अवसर र सम्मान भएको जनाउंदै आफूहरु खुबै उत्साहित भएको बताइन् । सगुनका संस्थापक गोविन्द गिरीले यसै महिनाको अन्तिमसम्म मात्र सगुनको दोश्रो चरणको लगानी अवसर खुलेका बेला उक्त विश्वव्यापी सम्मेलनमा सहभागिताले लगानी प्रवर्धन र उद्यमीहरुबीच चिनजान तथा सम्वन्ध विस्तार हुने आशा व्यक्त गरे । गिरीले स्टार्ट अप कम्पनी सगुनको लक्ष्य अनुरुप अगाडि बढ्न सम्मेलनले सघाउने विश्वास समेत व्यक्त गरेका छन् ।
सगुनले यही नोभेम्बर ३० सम्ममात्र लगानी गर्ने समयसीमा रहेको जनाउंदै इच्छुक गैर आवासीय नेपालीहरुलाई लगानी गर्न आव्हान गरेको छ । पछिल्लो समय सगुनमा लगानीको आकर्षण बढ्दै गएको छ । बेलायतस्थित नेपाली डायस्पोराले पनि सगुनमा लगानी गर्ने क्रम वृद्धि भएको यसका यूके सल्लाहकार सूर्य गुरुङले जनाए । बेलायतवासी युवाहरु सन्तोष घिमिरे र युवराज सेढाईं अन्तिम समय नजिकिंदै गर्दा सगुनमा लगानी जुटाउन क्रियाशिल छन् । लगानीका लागि प्रति शेयर न्यूनतम एक हजार डलर छ ।
http://www.sagoon.com/invest लिंकमा क्लिक गरि तुरुन्त लगानी गर्न सकिने सगुनले जनाएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा