लन्डन । नेपालमा हुन गइरहेको प्रदेश सभाको निर्वाचनमा ४ नम्बर प्रदेशबाट मुख्य मन्त्री बनाउनका लागि यूकेमा अभियान शुरु गरिएको छ ।
तनहुँबाट प्रदेशसभाका उम्मेदवार रहेका नेकपा एमालेका किरण गुरुङलाई सो प्रदेशको मुख्यमन्त्री बनाउन अभियान शुरु गरिएको हो ।
‘खासगरी किरण गुरुङको व्यक्तित्वलाई बढीभन्दा बढी जनसमुदायमाझ प्रचार गर्ने अभियानको उद्देश्य छ’, अभियानका अभियन्तामध्ये एक मुकुन्द बास्तोलाले भने । उनका अनुसार अहिले सोसल मिडिया र इमेलमार्फत सो अभियान सञ्चालन भइरहेको छ ।
अभियानले उनको निर्वाचनलाई सहयोग गर्न यदि कसैले आर्थिक सहयोग गरे सो सहयोग पनि स्वीकार्ने जनाइएको छ । तर बास्तोला भन्छन्, ‘चन्दा नै उठाउन भने यो अभियान चलाएका होइनौं ।’
‘किरण गुरुङलाई मुख्यमन्त्री चुनौँ, विकासलाई रोजौँ’ भन्ने नारा दिइएको सो अभियानमा यूकेबाहेक युरोप, एसिया, अमेरिका, अष्ट्रेलिया लगायतबाट सहभागिता रहेको बताइएको छ ।
यसअघि तनहुँबाट निर्वाचित सांसद गुरुङ बन मन्त्रीसमेत भइसकेका छन् । उनी नेकपा (एमाले) को स्थायी समिति सदस्य छन् ।
‘उनको राजनीतिक यात्रा, विकासप्रतिको दृष्टिकोण र अठोटलाई हेरेर हामी उनलाई विजय बनाउने अभियानमा लागेका हौं’, बास्तोलाले भने । यस अभियानमा एमालेमा आस्था राख्ने मात्र होइन अन्य विचारमा आस्था राख्नेहरु पनि सहभागी रहेको बताइएको छ ।
अभियानलाई एनसीआई ग्रुपका मोहन गुरुङ, चार्टर्ड अकाउण्टेण्ट एलएन पाण्डेलगायतले सहयोग गरेका छन् ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने