
लन्डन । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा. पिताम्बर शर्माले बेलायत नेपाल प्रज्ञा परिषदको १५ औं वार्षिक नेपाल प्रवचन दिने भएका छन् ।
आउंदो २३ नोभेम्बर बिहीबार बेलुका लन्डनस्थित स्कुल अफ ओरियण्टल एण्ड अफ्रिकन स्टडीज (सोआस) मा आयोजना हुने कार्यक्रममा प्रा. शर्माले ‘नेपालको संघीयता र विकास रणनीति’ बारे आफ्नो विचार राख्ने परिषदले जनाएको छ ।
नेपालको संविधान २०१५ अनुसार पहिलोपटक संघीय संसद तथा प्रान्तीय विधानसभाहरुको चुनाव भइरहेका बेला संघीयताका चुनौती र नेपालको भावी विकास रणनीतिबारे प्रा. शर्माका विचारहरु निकै उपयोगी हुने आयोजक संस्थाको विश्वास छ ।
बेलायत नेपाल प्रज्ञा परिषदका महासचिव डा कृष्ण अधिकारीले भनेका छन्, ‘दश वर्षे जनयुद्ध र त्यतिनै समय द्वान्द्वोत्तर व्यवस्थापनमा खर्चेको नेपालको लागि संघीयता, स्थानीय स्वशासन र सन्तुलित क्षेत्रीय विकास अहिलेका टड्कारा चुनौतीहरू हुन् । यति ठूलो संघर्ष गरेर प्राप्त उपलब्धिहरूको कार्यान्वयन कसरी होला भन्ने आम नेपाली र नेपालका हितैषीहरुको चासोको विषय हो । यस्तो समसामयिक विषयमा लन्डनमा प्राज्ञिक प्रवचन र छलफल हुन लागेकाले म सबैलाई सहभागिताका लागि आग्रह गर्दछु ।’
स्थानीय संरचना र शासन व्यवस्थालाई व्यवहारिक कार्यान्वयन कसरी गर्ने भन्ने विषयमा अध्ययनरत उच्चस्तरीय समितिका अध्यक्षसमेत रहेका योजना आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक शर्माका अनुसन्धान र अनुभवबाट खारिएका सारगर्भित विचार सुन्ने र छलफल गर्ने मौका यसपालीको नेपाल प्रवचनले जुटाइ दिएको हो । अधिकारीले बेलायतका नेपाली र नेपालसम्बन्धी चासो राख्ने प्रवुद्ध व्यक्तिलाई यो अवसरको सदुपयोग गर्न आग्रह गरेका छन् ।
सबैका लागि खुला उक्त कार्यक्रममा रिसेप्सन सांझ ५.३० बजे तथा प्रवचन एवं प्रश्नोत्तर ६.३० देखि ८.०० बजेसम्म हुने जनाइएको छ ।
सोआसकै साउथ एसियन इन्स्टिच्युटको आतिथ्य र समाजसेवी तथा व्यवसायी महन्त श्रेष्ठको सहयोगमा कार्यक्रम हुन लागेको बताइएको छ ।
थप जानकारीकालागि:
[email protected] or [email protected]
Website: www.bnac.ac.uk https://www.facebook.com/BNAC.UK https://twitter.com/BNAC2014
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय