केन्ट (बेलायत) । नेपालबाट बेलायतमा सांगीतिक यात्राका लागि आएका कलाकारद्वय मनु नेम्बाङ र तारा थेबेलाई विदाई गरिएको छ ।
गत शनिबार साइमन चर्च सभाहल, आसफोर्डमा कलाकारद्वयलाई आयोजक समितिले अन्तिम सांगीतिक यात्राका साथ सम्मान र बिदाइ गरेको हो ।
संयोजक प्रमुख डम्मर सिङ्गकको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथी किरात याक्थुङ चुम्लुङ यूकेका केन्द्रीय अध्यक्ष दिलसिङ मेन्याङबो, विशेष अतिथीहरु झुमा वनेम लिम्बु, भास्कर तितुङ र अन्य अतिथिहरुमा गायक सुजन तिगेला, सिरी साम्यो, भरतमणी चोङ्बाङ्, दुर्गा पाङ्मा, लोकेन्द्र तवेबुङ्, विश्वासदीप तिगेला, टंक याङ्देन, कर्ण पराङदेन, मुक्ति सेरेङ्, मोहन सिङ् मास्वा, जानु लिङदेन, बिसी राई, स्वप्निल लिम्बू लगायत केन्टवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।
कार्यक्रमको पहिलो सत्र अन्तर्गत सम्मान कार्यक्रममा किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखा, सेवारो कलाकार संघ, किरात याक्थुङ चुम्लुङ केन्टबरी शाखा, किरात याक्थुङ चुम्लुङ फोक्स्टन शाखा, किरात याक्थुङ चुम्लुङ रसमोर शाखा, किरात याक्थुङ चुम्लुङ वेष्ट केन्ट शाखा, इ–मेडिया हब र लिम्बुवान नागरिक समाजले मनु नेम्बाङ्, तारा थेबे र अतिथि गायक सुजन तिगेलालाई सम्मान गरेका थिए ।
यसका साथै चुम्लुङ घर खरिदका लागी बीरबहादुर हुक्पा चोङ्बाङ्ले चार हजार सात पाउण्ड र युबराज इस्बोले तीन हजार पांच सय पचतहर पाउण्ड सहयोग गरी उदाहणीय कार्य गरेकाले उनीहरुलाई पनि विशेष सम्मान गरिएको थियो । किरात याक्थुङ चुम्लुङ यूके केन्द्रिय कमिटीको विशेष आव्हानमा संयोजक प्रमुख डम्मर सिङ्गक रहेको उक्त सांगीतिक यात्रामा अन्य संयोजक कमिटीहरुमा क्रमशः सकुन नेम्बाङ, सुवर्ण नेम्बाङ, तेज मेन्याङ्बो, आशराज बोखिम, नगेन्द्र नेम्बाङ् र पूर्ण सावदेन रहेका थिए ।
कार्यक्रमको दोश्रो सत्रमा सांगीतिक प्रस्तुति भएको थियो । उक्त सत्रमा सम्मानित ब्यक्तित्वहरु मनु नेम्बाङ्, तारा थेबे र अतिथि गायक सुजन तिगेलाले करिब ३ घण्टासम्म लिम्बु र नेपाली गीत प्रस्तुत गरेर उपस्थित सबैलाई भावुक बनाए । अन्त्यमा दर्शकहरुको नाचले माहोल तातेको थियो ।
प्रमुख अतिथि दिलसिङ् मेन्याङबोले हामी जहां रहे पनि हाम्रो संस्कार, संस्कृति, भाषा तथा गीत, संगीतलाई जीवन्त राख्न सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । उनले एकताबाट मात्र भावी पुस्तालाई नेपाली कला संस्कृति हस्तान्तरण गर्न सकिने बताउंदै नेपालबाट बेलायत आएर मनोरन्जन दिलाउने सम्पूर्ण कलाकारहरु र संयोजक टिमलाई धन्यवाद दिए ।
सांझ ६ बजे शुरु भएर मध्यरात १२ बजेसम्म चलेको उक्त कार्यक्रमका सभाध्यक्ष डम्मर सिङ्गकले स्पोन्सर गर्ने र सहभागी सम्पूर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए । उक्त कार्यक्रम अमित थेबे र सकुन लिम्बुले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’