लन्डन । पर्यटकीय नगरी पोखराको धम्पुसमा आगामी साताबाट हट एयर बेलुनको व्यवसायिक उडान शुरु हुने भएको छ । बेलुन प्रा.लि. ले नेपालका लागि पृथक उक्त उडान (साहसिक खेल) शुरुवात गर्न लागेको हो । उक्त व्यवसायमा हिमालयन ग्लोबल इन्भेस्टमेन्टका तर्फबाट एनआरएनए यूके पूर्व कोषाध्यक्ष एवं बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठको समेत लगानी छ । श्रेष्ठले हट एयर बेलुनमा बसेर मनोरम अन्नपूर्ण हिमश्रृंखला एवं पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न सकिने जनाउंदै गैर आवासीय नेपालीलाई होलिडे मनाउन गएका बेला यसको पनि रसस्वादन गर्न सुझाएका छन् ।
पर्यटकीय नगरी पोखराको धम्पुसबाट उडान शुरु गरी मार्दी खोलाको तीरमा अवतरण गराइने श्रेष्ठले जनाए । हट एयर बेलुन उडान शुरु गर्न बेलुन प्रा.लि.ले नागरिक उड्ययन प्राधिकरणबाट इजाजत लिइसकेको छ । एक वर्षका लागि रेड बुल संग समेत सहकार्यको सम्झौता गरिएको छ ।
प्रतिव्यक्ति ८ हजार ५ सय रुपैंया शुल्क लिई एकपटकमा ६ जना पर्यटकलाई आधा घण्टा उडान गराउने व्यवस्था मिलाइएको युवा व्यवसायी श्रेष्ठले जानकारी दिए । उनले बेलुन उडानका लागि चीनबाट तालिमप्राप्त दक्ष पाइलटको व्यवस्था मिलाइएको पनि बताए । पूर्ण सुरक्षासहित मनोरन्जन प्रदान गराउन तत्काल करिव एक करोड रुपैयांको लगानीमा अमेरिकाको एडम्स बेलुन कम्पनीसंग बेलुन खरिद गरिएको छ । त्यस्तै ग्राउण्ड हयाण्डलिङका लागि भारतबाट प्राविधिकको पनि व्यवस्था मिलाइएको जानकारी कम्पनीले दिएको छ ।
निकट भविष्यमा स्थानीय व्यक्तिहरुलाई तालिममार्फत दक्ष बनाई नेपालमै हट एयर बेलुनको व्यवसायिक उडानका लागि जनशक्ति तयार गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
साउथ इष्ट लन्डनवासी दीपक श्रेष्ठले समाजसेवा र व्यवसाय समानान्तर रुपमा अगाडि बढाएका छन् । ‘नेपाल आर्थिक समृद्धिको बाटोमा अग्रसर भइरहेका बेला हामी विदेशमा रहेका गैर आवासीय नेपालीले मातृभूमिका लागि सानो ठूलो लगानी वा सीप दिन सक्छौं’, श्रेष्ठले भने । श्रेष्ठले पछिल्लो समय नेपाली फिल्म निर्माणमा पनि लगानी गरेका छन् भने उनको लन्डनमा पनि व्यवसाय छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा