लन्डन । पर्यटकीय नगरी पोखराको धम्पुसमा आगामी साताबाट हट एयर बेलुनको व्यवसायिक उडान शुरु हुने भएको छ । बेलुन प्रा.लि. ले नेपालका लागि पृथक उक्त उडान (साहसिक खेल) शुरुवात गर्न लागेको हो । उक्त व्यवसायमा हिमालयन ग्लोबल इन्भेस्टमेन्टका तर्फबाट एनआरएनए यूके पूर्व कोषाध्यक्ष एवं बुद्ध फाउण्डेशन यूकेका अध्यक्ष दीपक श्रेष्ठको समेत लगानी छ । श्रेष्ठले हट एयर बेलुनमा बसेर मनोरम अन्नपूर्ण हिमश्रृंखला एवं पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न सकिने जनाउंदै गैर आवासीय नेपालीलाई होलिडे मनाउन गएका बेला यसको पनि रसस्वादन गर्न सुझाएका छन् ।
पर्यटकीय नगरी पोखराको धम्पुसबाट उडान शुरु गरी मार्दी खोलाको तीरमा अवतरण गराइने श्रेष्ठले जनाए । हट एयर बेलुन उडान शुरु गर्न बेलुन प्रा.लि.ले नागरिक उड्ययन प्राधिकरणबाट इजाजत लिइसकेको छ । एक वर्षका लागि रेड बुल संग समेत सहकार्यको सम्झौता गरिएको छ ।
प्रतिव्यक्ति ८ हजार ५ सय रुपैंया शुल्क लिई एकपटकमा ६ जना पर्यटकलाई आधा घण्टा उडान गराउने व्यवस्था मिलाइएको युवा व्यवसायी श्रेष्ठले जानकारी दिए । उनले बेलुन उडानका लागि चीनबाट तालिमप्राप्त दक्ष पाइलटको व्यवस्था मिलाइएको पनि बताए । पूर्ण सुरक्षासहित मनोरन्जन प्रदान गराउन तत्काल करिव एक करोड रुपैयांको लगानीमा अमेरिकाको एडम्स बेलुन कम्पनीसंग बेलुन खरिद गरिएको छ । त्यस्तै ग्राउण्ड हयाण्डलिङका लागि भारतबाट प्राविधिकको पनि व्यवस्था मिलाइएको जानकारी कम्पनीले दिएको छ ।
निकट भविष्यमा स्थानीय व्यक्तिहरुलाई तालिममार्फत दक्ष बनाई नेपालमै हट एयर बेलुनको व्यवसायिक उडानका लागि जनशक्ति तयार गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ ।
साउथ इष्ट लन्डनवासी दीपक श्रेष्ठले समाजसेवा र व्यवसाय समानान्तर रुपमा अगाडि बढाएका छन् । ‘नेपाल आर्थिक समृद्धिको बाटोमा अग्रसर भइरहेका बेला हामी विदेशमा रहेका गैर आवासीय नेपालीले मातृभूमिका लागि सानो ठूलो लगानी वा सीप दिन सक्छौं’, श्रेष्ठले भने । श्रेष्ठले पछिल्लो समय नेपाली फिल्म निर्माणमा पनि लगानी गरेका छन् भने उनको लन्डनमा पनि व्यवसाय छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा