लन्डन । बेलायतका राजकुमार चाल्स र उनकी श्रीमती कामिला पार्कर बोल्स बुधबार भारत पुगेका छन् । दुईदिने भ्रमणका लागि उनीहरू भारतको राजधानी नयाँदिल्ली पुगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
बेलायती राजकुमार दम्पत्तीसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
भेटवार्ताका क्रममा उनीहरू बीच दुईपक्षीय सम्बन्ध अझ सुदृढ पार्ने विषयमा छलफल हुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।
सिंगापुर, ब्रुनाई, मलेसिया र भारत गरी चार देशको भ्रमण गर्ने क्रममा उनीहरू भारत पुगेका हुन् ।
बेलायतमा धेरै लगानी गर्ने देशहरूमध्ये भारत तेस्रो स्थानमा पर्दछ भने वैदेशिक रोजगारी बढी सिर्जना गरिदिने देशहरूमध्ये भारत दोस्रो स्थानमा पर्दछ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा