लन्डन । बेलायतमा कार्यरत नेत्र विशेषज्ञहरुको एक टोलीले नेपालको प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीमा निशुल्क आँखा उपचार शिविर सन्चालन गरेका छन् ।
नेप्लीज डक्टर्स एसोसियसन युकेका पूर्व अध्यक्ष तथा वरिष्ठ नेत्र चिकित्सक डा. भरत श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्यूठान जिल्लामा पर्ने स्वर्गद्वारीमा निशुल्क आँखा जाँच गर्नुका साथै औषधि वितरण पनि गरेको थियो ।
गत अक्टोबर २२, २३ र २४ तारिखमा स्वर्गद्वारीमा आयोजित शिविरमा झण्डै सात सयजना भन्दा बढी बिरामीहरुको आँखा जाँच गर्नुका साथै २६० जनालाई चश्मा वितरण गरिएको थियो । त्यस्तै सो टोलीले मोतिविन्दुका २० जना बिरामीहरुलाई उपचार खर्च सहयोग पनि गरेको थियो ।
त्यस्तै बेलायतस्थित रोयल आइ इन्फर्मेरी डेरिफोर्ड हस्पिटल, प्लेमथ हस्पिटल एनएचएस ट्रष्ट तथा पाण्डवेश्वर महादेव धारापानी मन्दिर व्यवस्थापन समिति, दाङको संयुक्त आयोजनामा दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर महादेव मन्दिर, धारापानीमा अक्टोबर २५ तारिखमा एक दिने निशुल्क आँखा जाँच तथा औषधि वितरण शिविर सन्चालन गरेको थियो । सो शिविरबाट झण्डै साढे चारसय जना बिरामीहरु लाभान्वित भएको शिविरका एकजना आयोजक ध्रुवराज श्रेष्ठले बताए । सोही अवसरमा अढाइसय जनालाई चश्मा पनि वितरण गरिएको थियो ।
अधिकांश बिरामीमा मोतिविन्दु
डा. भरत श्रेष्ठले शिविरमा आँखा जँचाउन आएकाहरुमध्ये झण्डै ६० प्रतिशतमा मोतिविन्दु रहेको जानकारी दिए । त्यसबाहेक २० प्रतिशतमा जलविन्दु र बाँकीमा आँखा संबन्धी अरु समस्याहरु पाइएको थियो । शिविरमा डा. श्रेष्ठका साथै डा. एलिसन माउन्ट, डा. डेभिड एडम्स, डा. पाम एडम्स, ग्राहम कोटस, निना कारलाइलले बिरामीहरुको जाँच गरेका थिए । ती सबै नेत्र विशेषज्ञहरु ‘भिजुयल एड ओभरसीज’ नामक संस्थासंग पनि संबद्ध रहेको र संसारका विभिन्न मुलुकहरुमा आँखा उपचार शिविरहरु चलाएको डा. श्रेष्ठले बताए ।
काठमाडौं फर्के पछि सो टोलीले भक्तपुर ठिमी स्थित चियर्स बाल अस्पतालाई पिक्स भनिने एउटा अत्याधुनिक उपकरण प्रदान गरेको थियो । सो उपकरण समुदायमा गएर मधुमेहबाट पीडित रोगीहरुको पहिचान गर्न उपयोगी हुनेछ । त्यस्तै उक्त टोलीले रोयल आइ इन्फर्मेरी प्लेमथका कर्मचारीहरुले रेड नोज डे का अवसरमा उठाएको रु. ३३,००० अपांग तथा दृष्टिविहीन बालबालिकाहरुलाई प्रदान गर्नकालागि चियर्स अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको थियो ।
यसअघि गत वर्ष डा. श्रेष्ठकै नेतृत्वमा नेपाल गएको ब्रिटिश नेत्र विशेषज्ञहरुको एक टोलीले भक्तपुरस्थित बीपी कोइराला बाल अस्पतालमा बिरामीहरुको निशुल्क आँखा जाँच तथा उपचार गरेको थियो भने तीलगंगा आँखा अस्पतालमा एक सेमिनार पनि गरेको थियो ।
स्वर्गद्वारी तथा धारपानी दुबै ठाउँमा डा. भरत श्रेष्ठ तथा उहाँको परिवारले आफ्ना स्वर्गीय मातापिताको संझनामा धर्मशालाहरु निर्माण गरिदिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा