शुक्रबार, कार्तिक १४ २०७७ | Fri, October 30, 2020
नेपालको समय: ०७:०२ | UK Time: 01:17

तमु सांस्कृतिक सांझमा कला देखाउन लन्डन आइपुगे कलाकार

वीनेपाली
२०७४ कार्तिक १६ गते ०:५४

लन्डन । तमु प्ये ल्हु संघ यूकेको निम्तोमा कलाकारहरुको एउटा समूह बुधबार सांझ लन्डन उत्रेको छ ।

संघले १७ नोभेम्बरमा अल्डरसटस्थित एम्यायर हलमा गर्न लागेको ‘तमु सांस्कृतिक सांझ’ का लागि गायकद्वय आर के गुरुङ र धन गुरुङ तथा गायिकाहरु भिमु गुरुङ र रुपा गुरुङ लन्डन आइपुगेका हुन् ।

कलाकारहरुलाई स्वागत गर्न तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष मेजर खुशीमान गुरुङ, क्या. डेमबहादुर गुरुङ, इन्जिनियर विजय गुरुङ, संस्थापक अध्यक्ष अशोक गुरुङ, उपाध्यक्ष पूर्ण बहादुर गुरुङ, फोटो पत्रकार मिलन तमु आदि हिथ्रो विमानस्थल पुगेका थिए ।

सामाजिक भवन तथा क्होइबो धीं निर्माण सहयोगार्थ गर्न लागिएको उक्त सांस्कृतिक 
सांझमा सहभागिताका लागि आयोजकले अनुरोध गरेका छन् । उक्त कार्यक्रममा नेपालबाट आएका कलाकारका साथ स्थानीय गायिका ममता गुरुङले समेत कला प्रस्तुत गर्नेछिन् ।

तस्विर मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक