
नेपालबाट आएका युवा कविसंग साहित्यिक अन्तरक्रिया
लन्डन । नेपाली साहित्य विकास परिषद यूकेले लन्डनमा एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका युवा साहित्यकार कवि निर्मलकुमार थापालाई स्वागत तथा सम्मान गरेको छ । उक्त अवसरमा परिषदले साहित्यकार थापालाई खादा लगाइ आफ्नो प्रकाशनका कृति उपहार स्वरुप प्रदान गरयो ।
कार्यक्रममा थापाले साहित्यकारहरु जहां पुगे पनि मुटुमा देश बोकेर ल्याउने बताउंदै देश चिनाउने भाषा, साहित्य र संस्कृति जगेर्नामा परिषदको सक्रियता पहिले देखि नै आफूलाई थाहा पाएको बताए ।
परिषदका संस्थापक तथा अध्यक्ष सुरेश जंग शाहले देशको सम्वेदनशील अवस्थामा लेखक, साहित्यकारहरुको भूमिका गहन रहने चर्चा गर्दै नेपालबाट बेलायत आएका श्रष्टाहरुलाई स्वागत गर्न पाउंदा खुशी लागेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै परिषदका सहअध्यक्ष कार्यक्रम संयोजक डा. गोपाल पौड्याल र पूर्व अध्यक्ष कवि हरिसिंह थापाले परिषदले स्थापनाकाल देखि नै नेपालबाट आउने कवि साहित्यकारहरुलाई स्वागत र अन्तरक्रिया गरेर सृजना र चेतना एकआपसमा बांड्ने कार्य गर्दै आएको उल्लेख गरे ।
कार्यक्रम सञ्चालन गर्दै परिषदकी महासचिव डा. सुधा श्रेष्ठले डायष्पोरामा परिषदले नेपाली भाषा साहित्यको सिंगो इतिहास बोकेको जनाउंदै साहित्यकार थापासंग पनि यो इतिहास जोड्न पाउंदा गर्व लागेको बताइन् ।
कार्यक्रमको पहिलो चरणमा यतीका वरिष्ठ उपाध्यक्ष ठाकुर शर्मा, परिषदका पूर्व उपाध्यक्ष चिरन्जिवी ढकाल, युवा वैज्ञानिक रुपेश पौड्याल लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।
दोश्रो चरणमा कवि र कलाकारहरुद्वारा कविता वाचन तथा गीत संगीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा अतिथि कवि निर्मलकुमार थापा, हरि सिंह थापा, वसन्त रायक्षेत्री, गोपाल पौड्याल, सुधा श्रेष्ठ र सुरेश जंग शाहले कविता वाचन गरे भने कोसेली संस्थापक अध्यक्ष एवं वरिष्ठ कलाकार मदन थापा, परिषदका पूर्व अध्यक्ष हरिसिंह थापा र कोसेलीका पूर्व अध्यक्ष वसन्त रायक्षेत्रीले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया

सम्बन्धित सामाग्री
- सहमतिको एनआरएनए विशेष महाधिवेशन महासचिव शर्मा र सचिव जोशीको भूमिकाले विवादमा
- विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापनपक्षद्वारा सहमतिको उल्लङ्घन
- बेलायतमा अफ्रिकाका नयाँ भेरियन्टका ७७ संक्रमित फेला परे
- कोरोना विरुद्धको खोप अभियान १४ माघमा प्रधानमन्त्री ओलीले शुभारम्भ गर्ने
- भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या एक करोड ६ लाख ५४ हजार भन्दा बढी
- नयाँ भाइरस तीव्र गतिमा फैलिएपछि लण्डन, पूर्वी र दक्षिण पूर्वी इंग्ल्याण्ड टियर ४ मा
- बेलायत सरकारद्वारा गोरखा भूपू सैनिकका लागि नयाँ पेन्सनको प्रस्तावमाथि सुझाव माग
- कोरोना खोपको पहिलो डोज लिएका पुडासैनीलाई कोरोना संक्रमण
- ‘बेलायतमा वर्क पर्मिट खुल्यो भनेर हल्लाको पछि नलागी बुझेर मात्र आउनुहोस्’ : सोलिसिटर दिपक भट्टराई
- बेलायत र युरोपियन युनियनबीच सहमति