लन्डन । नेपाली साहित्य विकास परिषद यूकेले लन्डनमा एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका युवा साहित्यकार कवि निर्मलकुमार थापालाई स्वागत तथा सम्मान गरेको छ । उक्त अवसरमा परिषदले साहित्यकार थापालाई खादा लगाइ आफ्नो प्रकाशनका कृति उपहार स्वरुप प्रदान गरयो ।
कार्यक्रममा थापाले साहित्यकारहरु जहां पुगे पनि मुटुमा देश बोकेर ल्याउने बताउंदै देश चिनाउने भाषा, साहित्य र संस्कृति जगेर्नामा परिषदको सक्रियता पहिले देखि नै आफूलाई थाहा पाएको बताए ।
परिषदका संस्थापक तथा अध्यक्ष सुरेश जंग शाहले देशको सम्वेदनशील अवस्थामा लेखक, साहित्यकारहरुको भूमिका गहन रहने चर्चा गर्दै नेपालबाट बेलायत आएका श्रष्टाहरुलाई स्वागत गर्न पाउंदा खुशी लागेको बताए ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै परिषदका सहअध्यक्ष कार्यक्रम संयोजक डा. गोपाल पौड्याल र पूर्व अध्यक्ष कवि हरिसिंह थापाले परिषदले स्थापनाकाल देखि नै नेपालबाट आउने कवि साहित्यकारहरुलाई स्वागत र अन्तरक्रिया गरेर सृजना र चेतना एकआपसमा बांड्ने कार्य गर्दै आएको उल्लेख गरे ।
कार्यक्रम सञ्चालन गर्दै परिषदकी महासचिव डा. सुधा श्रेष्ठले डायष्पोरामा परिषदले नेपाली भाषा साहित्यको सिंगो इतिहास बोकेको जनाउंदै साहित्यकार थापासंग पनि यो इतिहास जोड्न पाउंदा गर्व लागेको बताइन् ।
कार्यक्रमको पहिलो चरणमा यतीका वरिष्ठ उपाध्यक्ष ठाकुर शर्मा, परिषदका पूर्व उपाध्यक्ष चिरन्जिवी ढकाल, युवा वैज्ञानिक रुपेश पौड्याल लगायतले विभिन्न जिज्ञासा राखेका थिए ।
दोश्रो चरणमा कवि र कलाकारहरुद्वारा कविता वाचन तथा गीत संगीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा अतिथि कवि निर्मलकुमार थापा, हरि सिंह थापा, वसन्त रायक्षेत्री, गोपाल पौड्याल, सुधा श्रेष्ठ र सुरेश जंग शाहले कविता वाचन गरे भने कोसेली संस्थापक अध्यक्ष एवं वरिष्ठ कलाकार मदन थापा, परिषदका पूर्व अध्यक्ष हरिसिंह थापा र कोसेलीका पूर्व अध्यक्ष वसन्त रायक्षेत्रीले विभिन्न गीत संगीत प्रस्तुत गरेका थिए ।
बेलायतमा ८ अगस्टमा ३२औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति महोत्सव हुने
बेलायतको नयाँ प्रधानमन्त्रीका लागि एन्डी बर्नह्याम सबैभन्दा बलियो दाबेदार
स्याङ्जा समाज यूकेको वार्षिक भेटघाट भव्य रूपमा सम्पन्न
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो