लन्डन । बुद्ध फाउण्डेसन यूकेले भगवान बुद्धको जन्मस्थल कपिलवस्तुमा निर्माण गर्न लागेको बुद्ध बृद्धाश्रमको शिलान्यास गरिएको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा निर्माणाधिन बृद्धाश्रमको सोमबार एक विशेष कार्यक्रमबीच शिलान्यास गरिएको हो ।
वाणगंगा नगरपालिकाका मेयर मंगलप्रसाद थारुले बृद्धाश्रम भवन शिलान्यास गरे । धार्मिक विधिअनुसार पूजापाठसहित भवन शिलान्यास गरिएको बुद्ध फाउण्डेसन यूकेका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवं एनआरएनए यूकेको पूर्ण सहयोग तथा बुद्ध फाउन्डेशन नेपालको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएकामा अध्यक्ष श्रेष्ठले सबैप्रति आभार समेत व्यक्त गरेका छन् ।
एक करोड रुपैंया भन्दा बढिको लगानीमा बन्न लागेको उक्त बृद्धाश्रममा १४ वटा बेड रहनेछन् । एक वर्षभित्रै बृद्धाश्रम निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जनाउंदै अध्यक्ष श्रेष्ठले बुद्ध फाउण्डेसन यूकेले कपिलवस्तु समाज यूके र एनआरएन यूकेसंगको सहकार्यमा बृद्धाश्रम बनाउन लागेको जानकारी दिए । उक्त वृद्धाश्रम निर्माणका लागि बेलायतस्थित कयौं समाजसेवीहरुले आर्थिक सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् । फाउण्डेशन अध्यक्षको जिम्मेवारी लिए लगत्तै दीपक श्रेष्ठले यही प्रोजेक्टलाई विशेष प्राथमिकतामा राखेर निरन्तर खटिइरहेका छन् ।
उक्त समारोहमा एनआरएनए यूकेका निवर्तमान अध्यक्ष मुछेत्र गुरुङ, कपिलवस्तु समाज यूकेका अध्यक्ष महेन्द्रविक्रम कुंवर, स्थानीय बुद्धभूमि बाटिका नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठ, बेलायतबाट पत्रकार फडिन्द्र भट्टराई, हरि आचार्य, विष्णु खरेल लगायत सहभागी थिए । कार्यक्रममा स्थानीय प्रशासनका अधिकारीहरु, प्रहरी अधिकृतहरु, व्यवसायी, बुद्धिजिवी, समाजसेवी लगायतको पनि उल्लेख्य उपस्थिति रहेको अध्यक्ष श्रेष्ठले जनाए ।
समारोहलाई सम्बोधन गर्दै वाणगंगा नगरपालिकाका मेयर थारुले बृद्धाश्रमका लागि आवश्यक पर्ने जुनसुकै सहयोग गर्न आफूहरु तयार रहेको विश्वास दिलाएका थिए । कार्यक्रममा बुद्धभूमि बाटिका नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठ, नमस्ते टेलिभिजनका अध्यक्ष विष्णुबाबु थापा, बाणगंगा माविका निवर्तमान प्रधानाध्यापक नन्दकिशोर शुक्ला लगायतले पनि बृद्धाश्रम परियोजनाको प्रशंसा गर्दै स्थानीय स्तरबाट आर्थिक, भौतिक जुनसुकै सहयोग गर्न आफूहरु तत्पर रहेको बताए । त्यस अवसरमा मेयर थारुले बुद्ध फाउण्डेसन यूके, कपिलवस्तु समाज यूके, एनआरएनए यूके तथा धार्मिक बनलाई सम्मानपत्र वितरण गरे ।
कार्यक्रमका सभापति तथा बुद्ध फाउण्डेसन नेपालका अध्यक्ष ज्ञवालीले दुवै मेयर, बुद्ध फाउण्डेसन यूके, कपिलवस्तु समाज यूके, एनआरएनए यूके, धार्मिक वन तथा स्थानीय वडाध्यक्षलाई मायाको चिनो प्रदान गरेका थिए । सोही अवसरमा दुर्गेश्वरी फाउण्डेसनका तर्फबाट बृद्धाश्रमका लागि ५ लाख रुपैंयाको चेक फाउण्डेसनलाई हस्तान्तरण गरिएको थियो ।
बुद्ध फाउण्डेसन नेपालका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठको संयोजनमा आयोजित उक्त कार्यक्रम बुद्ध फाउण्डेसन नेपालका अध्यक्ष रविराज शर्मा ज्ञवालीको सभापतित्वमा सम्पन्न भएको हो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता