![]()
लन्डन । पांचथर समाज सेवा यूकेको नयां कार्यसमितिको पहिलो बैठक गत २२ अक्टोबर आइतवार सम्पन्न भएको छ । फार्नबोरोस्थित गोर्खा सेक्युरिटी सर्भिसेजको सभा कक्षमा बैठक भएको हो ।
बैठकको सभापतित्व चन्द्र बहादुर सुन्दासले गरेका थिए । उक्त अवसरमा समाजका पूर्व महासचिव नगेन्द्र राज नेम्बाङले निवर्तमान कार्यसमितिको तर्फबाट समाजका सामाग्री औपचारिक रुपमा नयां कार्यसमितिलाई हस्तान्तरण गरे ।
बैठकले गत अगस्टमा भीषण वर्षाका कारण पांचथरको फालेलुङ गाउंपालिकामा आएको पहिरोले ज्यान गुमाएकाहरुका आफन्त र घरवारविहीन परिवारहरुको सहयोगार्थ अर्थ संकलन गर्ने कार्यलाई पूर्णता दिई नोभेम्बरमा उक्त सहयोग राशी नेपाल पठाउने निर्णय गरेको छ ।
त्यस्तै समाजले सातौं पांचथर कप फुटबल प्रतियोगिता आउंदो मे ४ तारिख २०१८ का दिन सदा झैं फेल्थाम कम्युनिटी स्पोर्टस ग्राउण्डमा गर्ने भएको छ । बैठकले टेक माबोको संयोजनमा सातौं पांचथर कप आयोजना समिति गठन गरेको छ । कुल ३२ वटा टिमलाई खेलाइने उक्त प्रतियोगितामा साधारण, भेट्रान र सुपर भेट्रान गरी तीन वर्गमा खेलाइने समाजले बताएको छ । बैठककले प्रतियोगिताका लागि टिम प्रवेश शुल्क २ सय पाउण्ड तोकेको छ ।
बैठकले आगामी दुई वर्षका लागि समाजका कार्ययोजनाहरु समेत तय गरेको छ । जस अन्तर्गत ११ औं वार्षिक समर भेटघाट कार्यक्रम जुन १६ मा र १२ औं भेटघाट कार्यक्रम जुन १५, २०१९ मा गर्ने भएको छ । आठौं पांचथर कप प्रतियोगिताका लागि मिति भने २०१९ को मे ४ तारिख तोकिएको छ । बैठकले आगामी दुई वर्षका लागि सल्लाहकार र क्षेत्रीय प्रतिनिधिहरु नियुक्त गरेको छ भने दिल सम्बाहाम्फेको संयोजनमा विधान संशोधन समिति पनि गठन गरेको छ । महिला विभागको प्रमुखमा श्रीमती नन्द कुमारी सुन्दासलाई नियुक्त गरिएको छ ।
समाजले आगामी दुई वर्षका लागि आफ्ना कार्यक्रमहरुमध्ये उपाध्यक्ष शान्ति लिम्बुको संयोजनमा २०१९ को अन्ततिर एक च्यारिटी डिनर गर्ने र कृष्ण हेम्ब्याको संयोजनमा समाजको मुखपत्र प्रकाशन गर्ने लक्ष्य लिएको छ ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा