एडिनबरा । लन्डनस्थित नेपाली दूतावासले स्कटल्याण्डको एडिनबरामा दशैं तिहार शुभकामना कार्यक्रम आयोजना गरेको छ । यसपटक लन्डनमा नगरि स्कटल्याण्डमा कार्यक्रम गरिएको हो ।
रोक्सी थिएटरमा भएको उक्त कार्यक्रममा ब्रिटेनकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी तथा स्कटल्याण्डका लर्ड प्रोभस्ट फ्रयांक रस प्रमुख अथितिका रुपमा उपस्थित थिए । कार्यक्रममा राजदूत सुवेदी पत्नी, स्कटल्याण्डका विशिष्ट पदाधिकारी लगायत नेपाल स्कटल्याण्ड एसोसिएसन, हिमालय सेन्टरका पदाधिकारीहरु तथा स्कटल्याण्डका नेपालीको उपस्थिति थियो ।
कार्यक्रमका अवसरमा काठमाण्डौंको परम्परागत धिमे ज्यापू बाजा बजाई सहभागीको स्वागत गरिएको थियो भने काठमाण्डौंमा मनाइने इन्द्र जात्राको झलक सुन्दर तरिकाले प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा राजदूत सुवेदीले नेपाल र बेलायतबीच २०० वर्ष पुरानो अनि मजवुत सम्बन्ध रहेको जनाउंदै स्कटल्याण्डमा भएको यो कार्यक्रमले नेपाल र यूके साथै स्कटल्याण्डबीच सम्वन्ध थप गाढा भएको बताए । उनले स्कटल्याण्डबासी नेपालीमाझ दशैं तिहार शुभकामना दिंदै नेपाल स्कटल्याण्ड एसोसिएसन र हिमालयन सेन्टरद्वारा नेपालमा भएको आपतकालिन सहयोग, नेपाली भाषा अध्ययन र कला संस्कृतिको संरक्षण प्रयासले आफू अत्यन्तै खुशी भएको र यो कुरा नेपाल सरकारसम्म पुरयाउने वचन दिएका थिए ।
राजदूतले नेपाली कला संस्कृति एवं झांकी प्रवर्धनका लागि सहयोग गर्ने नेपाल स्कटल्याण्ड एसोसिएसनका सल्लाहकार चरन प्रधान र कार्यक्रम संयोजक महासचिव विजय डंगोललाई पनि धन्यवाद दिए । उनले नेपाली भाषाको जगेर्नाका निम्ति यहांका बालबालिकालाई नेपाली शिक्षा दिइरहेकोमा एसोसिएसनका उपाध्यक्ष गोविन्द कंडेललाई धन्यवाद दिए ।
कार्यक्रमका प्रमुख अतिथि लर्ड प्रोभस्ट फ्रयांकले नेपालसंगको ऐतिहासिक सम्वन्ध गौरवको विषय भएको बताए । उनले नेपाल विविधताको केन्द्र रहेको चर्चा गर्दै नेपालको सुन्दरता र विविधता साथै नेपालीको न्यानो आतिथ्यलाई आफूले कहिल्यै बिर्सन नसक्ने पनि उल्लेख गरे ।
सो सांस्कृतिक कार्यक्रममा धिमे, लाखे, कौडा, शेर्पा, गोर्खाली खुकुरी नाच, चण्डी जस्ता विविध मौलिक परम्पारिक नेपाली नाचको माहोलले नेपाली माटोको महशुस गराएको थियो । सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै प्रबिना खनालले ती सबै नाचहरुबारे जानकारी दिएकी थिइन् ।
स्कटल्याण्डवासी नेपालीहरु कार्यक्रम भएकामा प्रसन्न छन् । उनीहरुले आगामी दिनमा पनि नेपाली कला संस्कृति एवं भाषा बचाई राख्ने सवालमा आफूहरु सधैं तत्पर रहने दृढता व्यक्त गरेका छन् । कार्यक्रम संयोजन गरिदिने बिमल गिरीप्रति आयोजक आभारी छन् ।
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च
नेकपा एमाले अध्यक्ष ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय