बेलायतमा सामूहिक देउसी भैलो खेलिंदै


लन्डन । नेपालीको दोश्रो ठूलो पर्व तिहार नजिकिंदै गर्दा यहां विभिन्न कार्यक्रम गर्ने तयारी छ । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले दीपावलीका अवसरमा सामूहिक देउसी भैलो कार्यक्रम गर्ने भएको छ । आउंदो २० अक्टोबर शुक्रबार सांझ ब्लु अर्किड रेष्टुरेन्टमा देउसी भैलो गर्न लागिएको कोसेली अध्यक्ष शर्मिला सिंहले जनाइन् । कार्यक्रममा सर्वसाधारणलाई समेत प्रवेश छ तर एडल्ट प्रति व्यक्ति १५ पाउण्ड एवं ५ देखि १० वर्ष उमेरका बालबालिकालाई ८ पाउण्ड शुल्क तोकिएको छ । ५ वर्ष मुनिकालाई निशुल्क प्रवेश छ ।

एभरेष्ट इनले पनि २३ अक्टोबर सांझ सोमबार ब्ल्याकहिथ रेष्टुरेन्टमा ‘स्पेशल दीवाली नाइट’ गर्ने तयारी गरेको छ । कुजिन, कल्चर र हस्पिटालिटीलाई विशेष ग्राहयता दिंदै उक्त कार्यक्रम गर्न लागिएको हो ।

‘नेपाली संस्कृति र पर्यटन प्रवर्धन हाम्रो मुख्य उद्देश्य हो’, एभरेष्ट इनका सञ्चालक यादव भण्डारीले जनाए ।

उक्त अवसरमा विदेशी पर्यटकलाई लक्षित 
गर्दै प्रवेशद्वारमै पुरुषलाई ढाका टोपी र महिलालाई मौलिक नेपाली स्कार्फ र बिन्दी लगाएर स्वागत गरिने भण्डारीले जानकारी दिए । डिनर, डान्स सहितको उक्त कार्यक्रममा प्रवेश शुल्क प्रतिव्यक्ति ५५ पाउण्ड छ ।

तमु समाज यूकेले पनि लन्डनमा देउसी भैलो कार्यक्रम 
२०७४ तय गरेको छ । अक्टोबर २० तारिख शुक्रबार घर घर गएर देउसी भैलो खेलिने संयोजकद्वय समाजका उपाध्यक्ष शिवचन्द्र गुरुङ र केदारबहादुर गुरुङले जनाएका छन् । भाइटिका तथा शनिबार २१ अक्टोबरका दिन तमु समाज यूकेको आफ्नै भवन सडबरी टाउनमा उल्लाषमय वातावरणमा देउसी भैलो खेल्ने कार्यक्रम छ ।

सयपत्री सांस्कृतिक परिवारले भने शनिबार दीपावली सांझ कार्यक्रम गरेको छ । देउसी भैलो र अन्य विविध सांस्कृतिक कार्यक्रम गरि दीपावलीलाई स्वागत गरिएको हो ।

यतिखेर गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनका कारण बेलायतबाट डेढ सय बढि सामाजिक अगुवाहरु नेपाल 
रहेकाले अघिल्लो वर्ष जस्तो रमझम भने यसपटक नहुने देखिएको छ ।

भाइटीकाको साइत ११. ५१ बजे उत्तम

काठमाडौँ, २९ असोज (रासस) – यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको राससलाई जानकारी दिए । भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ ।

यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवर्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको अध्यक्ष गौतमले जानकारी दिए ।

कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री