
लन्डन । नेपालीको दोश्रो ठूलो पर्व तिहार नजिकिंदै गर्दा यहां विभिन्न कार्यक्रम गर्ने तयारी छ । कोसेली नेपाली सांस्कृतिक परिवार यूकेले दीपावलीका अवसरमा सामूहिक देउसी भैलो कार्यक्रम गर्ने भएको छ । आउंदो २० अक्टोबर शुक्रबार सांझ ब्लु अर्किड रेष्टुरेन्टमा देउसी भैलो गर्न लागिएको कोसेली अध्यक्ष शर्मिला सिंहले जनाइन् । कार्यक्रममा सर्वसाधारणलाई समेत प्रवेश छ तर एडल्ट प्रति व्यक्ति १५ पाउण्ड एवं ५ देखि १० वर्ष उमेरका बालबालिकालाई ८ पाउण्ड शुल्क तोकिएको छ । ५ वर्ष मुनिकालाई निशुल्क प्रवेश छ ।
एभरेष्ट इनले पनि २३ अक्टोबर सांझ सोमबार ब्ल्याकहिथ रेष्टुरेन्टमा ‘स्पेशल दीवाली नाइट’ गर्ने तयारी गरेको छ । कुजिन, कल्चर र हस्पिटालिटीलाई विशेष ग्राहयता दिंदै उक्त कार्यक्रम गर्न लागिएको हो ।
‘नेपाली संस्कृति र पर्यटन प्रवर्धन हाम्रो मुख्य उद्देश्य हो’, एभरेष्ट इनका सञ्चालक यादव भण्डारीले जनाए ।
उक्त अवसरमा विदेशी पर्यटकलाई लक्षित गर्दै प्रवेशद्वारमै पुरुषलाई ढाका टोपी र महिलालाई मौलिक नेपाली स्कार्फ र बिन्दी लगाएर स्वागत गरिने भण्डारीले जानकारी दिए । डिनर, डान्स सहितको उक्त कार्यक्रममा प्रवेश शुल्क प्रतिव्यक्ति ५५ पाउण्ड छ ।
तमु समाज यूकेले पनि लन्डनमा देउसी भैलो कार्यक्रम २०७४ तय गरेको छ । अक्टोबर २० तारिख शुक्रबार घर घर गएर देउसी भैलो खेलिने संयोजकद्वय समाजका उपाध्यक्ष शिवचन्द्र गुरुङ र केदारबहादुर गुरुङले जनाएका छन् । भाइटिका तथा शनिबार २१ अक्टोबरका दिन तमु समाज यूकेको आफ्नै भवन सडबरी टाउनमा उल्लाषमय वातावरणमा देउसी भैलो खेल्ने कार्यक्रम छ ।
सयपत्री सांस्कृतिक परिवारले भने शनिबार दीपावली सांझ कार्यक्रम गरेको छ । देउसी भैलो र अन्य विविध सांस्कृतिक कार्यक्रम गरि दीपावलीलाई स्वागत गरिएको हो ।
यतिखेर गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनका कारण बेलायतबाट डेढ सय बढि सामाजिक अगुवाहरु नेपाल रहेकाले अघिल्लो वर्ष जस्तो रमझम भने यसपटक नहुने देखिएको छ ।
काठमाडौँ, २९ असोज (रासस) – यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको राससलाई जानकारी दिए । भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ ।
यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवर्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको अध्यक्ष गौतमले जानकारी दिए ।
कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ ।
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
बेलायतमा ३२ ट्रेनिङ पार्टी क्यूजीईको वार्षिक भेटघाट [हेरौं १४ तस्बिर]