काठमाडौँ । शनिबारदेखि काठमाडौँमा हुने एनआरएन विश्व सम्मेलनमा युकेबाट विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई जिताउन एनआरएनए युकेले पहल गर्ने भएको छ ।
एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा काठमाडौँको न्यूरोडमा शुक्रबार बेलुकी भएको एक कार्यक्रममा सो घोषणा गरिएको हो ।
कार्यक्रममा युकेबाट उपाध्यक्ष पदमा उम्मेदवार बनेका कुल आचार्य, कोषाध्यक्षका उम्मेदवार मुच्छेत्र गुरुङ, सह-कोषाध्यक्ष उम्मेदवार सोम सापकोटा, युरोप संयोजक थर्क सेन, सहसंयोजक विजन भट्टलगायतले आफूलाई जिताउन अपील गरेका थिए । युकेबाट उनीहरुका साथै विश्वासदीप तिगेला सचिव पदमा, हेमन्त सेढाइँ युरोप सहसंयोजक पदमा र संगीता मरहठ्ठा युरोपको महिला सहसंयोजकमा उठ्ने चर्चा छ ।
कार्यक्रममा एनआरएनए युके अध्यक्ष योगकुमार फगामीले एनआरएनए युकेले युकेबाट उम्मेदवारी दिन लागेका साथीहरुलाई दिल खोलेर जिताउन सहयोग गर्ने बताए । उनले युकेबाट आएका प्रतिनिधिहरुलाई आफ्ना देशका उम्मेदवारलाई जिताउन लागि पर्न पनि अनुरोध गरे । उनले निर्वाचनका बारेमा एनआरएनए युकेको आधिकारिक धारणा प्रवक्तामार्फत आउने जानकारी दिँदै अरु पदाधिकारी र सदस्यहरुले दिएको धारणा व्यक्तिगत मात्र हुने स्मरण गराए ।
कार्यक्रममा उपस्थित महासचिवका उम्मेदवार त्रिलोक गुरुङ, युरोप संयोजकका उम्मेदवार प्रेम गुरुङ र उपसंयोजकका उम्मेदवार भीम ‘कमल’ केसीले पनि सहयोगका लागि अनुरोध गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य महासचिव राजकुमार त्रिपाठी र धन्यवाद ज्ञापन उपाध्यक्ष प्रेम गाहाले गरेका थिए भने संचालन प्रवक्ता रमेश साराङकोटीले गरेका थिए ।
कार्यक्रममा एनआरएन युकेका संरक्षकहरु, सल्लाहकारहरु, पूर्व र वर्तमान कार्यसमितिका नेतृत्वगण तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा