काठमाडौँ । शनिबारदेखि काठमाडौँमा हुने एनआरएन विश्व सम्मेलनमा युकेबाट विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई जिताउन एनआरएनए युकेले पहल गर्ने भएको छ ।
एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा काठमाडौँको न्यूरोडमा शुक्रबार बेलुकी भएको एक कार्यक्रममा सो घोषणा गरिएको हो ।
कार्यक्रममा युकेबाट उपाध्यक्ष पदमा उम्मेदवार बनेका कुल आचार्य, कोषाध्यक्षका उम्मेदवार मुच्छेत्र गुरुङ, सह-कोषाध्यक्ष उम्मेदवार सोम सापकोटा, युरोप संयोजक थर्क सेन, सहसंयोजक विजन भट्टलगायतले आफूलाई जिताउन अपील गरेका थिए । युकेबाट उनीहरुका साथै विश्वासदीप तिगेला सचिव पदमा, हेमन्त सेढाइँ युरोप सहसंयोजक पदमा र संगीता मरहठ्ठा युरोपको महिला सहसंयोजकमा उठ्ने चर्चा छ ।
कार्यक्रममा एनआरएनए युके अध्यक्ष योगकुमार फगामीले एनआरएनए युकेले युकेबाट उम्मेदवारी दिन लागेका साथीहरुलाई दिल खोलेर जिताउन सहयोग गर्ने बताए । उनले युकेबाट आएका प्रतिनिधिहरुलाई आफ्ना देशका उम्मेदवारलाई जिताउन लागि पर्न पनि अनुरोध गरे । उनले निर्वाचनका बारेमा एनआरएनए युकेको आधिकारिक धारणा प्रवक्तामार्फत आउने जानकारी दिँदै अरु पदाधिकारी र सदस्यहरुले दिएको धारणा व्यक्तिगत मात्र हुने स्मरण गराए ।
कार्यक्रममा उपस्थित महासचिवका उम्मेदवार त्रिलोक गुरुङ, युरोप संयोजकका उम्मेदवार प्रेम गुरुङ र उपसंयोजकका उम्मेदवार भीम ‘कमल’ केसीले पनि सहयोगका लागि अनुरोध गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य महासचिव राजकुमार त्रिपाठी र धन्यवाद ज्ञापन उपाध्यक्ष प्रेम गाहाले गरेका थिए भने संचालन प्रवक्ता रमेश साराङकोटीले गरेका थिए ।
कार्यक्रममा एनआरएन युकेका संरक्षकहरु, सल्लाहकारहरु, पूर्व र वर्तमान कार्यसमितिका नेतृत्वगण तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
नेपाली राजदूतहरुलाई मन्त्रालयमै कामकाज गर्नेगरी फर्काउन सरकारको पत्राचार
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता