लन्डन । नेपाली समाजमा ‘वाइन कल्चर’ अझै आइसकेको छैन् । विदेशमा बस्ने नेपालीले ‘सोसलाइज’ हुन बेला बेला वाइन पिउने संस्कार अपनाएपनि नेपालकै सन्दर्भमा भने यो अलिक परको कुरा छ । अझ महिलाले वाइन वा अल्कोहल पिउंदा समाजले राम्रो ठान्दैन । यो वास्तविकताबीच जीना मास्के भने नेपाली समुदायमा ‘वाइन कल्चर’ भित्रयाउन निरन्तर जुटिरहेकी छन् । हाल जर्मनीको गाइजेन्हाइम युर्निभर्सिटीमा वाइन विषयमा स्नातक गरिरहेकी छन् जीना । उक्त विश्वविद्यालय रेन्गाउमा अवस्थित छ, जुन रेज्लिङ वाइनका लागि निक्कै प्रख्यात छ ।
जीना गत साता जर्मनीबाट लन्डन आइन ‘वाइन टेस्टिङ’ का लागि । बेलायतमा रहेका नेपालीलाई वाइनबारे जानकारी दिने उनको उद्देश्य थियो । उनले साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्ट र भेन्यू फाइभ रेष्टुरेन्टमा ‘वाइन टेस्टिङ’ गराउंदै वाइन कसरी उत्पादन हुन्छ ? पिउने र ग्लास समाउने तरिका, वाइनको स्वास्थ्यका लागि सकारात्मक पक्ष आदिबारे वाइन सेवनकर्तालाई अवगत गराइन् । जीनाले नेपाली र एसियन स्पाइसयुक्त खानासंग पिउन उचित हुने रेज्लिङ फेनहर्ब, स्प्याटलिज, सिल्भानेर, स्पाटबर्गन्डेर वाइनहरु टेस्टिङ गराएकी थिइन् । ति सबै स्टेफन ब्रुअर वाइनरीबाट उत्पादित वाइन हुन्, जससंग जीना आवद्ध छन् । निकट भविष्यमा ति वाइन बेलायती बजारमा समेत ल्याउन गृहकार्य भइरहेको जीनाले बताइन् । आगामी जनवरीमा फेरि लन्डन आएर वृहत रुपमा वाइन टेस्टिङ गराउने योजना जीनाको छ ।
काठमाडौं र बेलायतबाट होटल म्यानेजमेन्टमा स्नातकसम्मको अध्ययन पुरा गरेकी जीना हस्पिटालिटी क्षेत्रमा पोख्त छिन् । उनले बेलायत र युएइमा होटलमा लामो समय काम गरेको सुनाइन् । बेलायतको राजपरिवारलाई वाइन सप्लाइ गर्दै आएको फिल्क वाइनरी कम्पनीमा ६ महिनाको इन्टर्नसिप समेत गरेको उनले बताइन् ।
फोटो पत्रकार पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा शिखरमा
बेलायतमा जलवायु सङ्कट गहिरिँदै
सदनमा मन्त्रीहरू नियमित उपस्थित हुन श्रम संस्कृति पार्टीको माग
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा