
नेकपा माओवादी केन्द्र र नेकपा संयुक्त बीच पार्टी एकता घोषणा कार्यक्रममा संयुक्त प्रेस वक्तव्यमा हस्ताक्षर गर्दै पुष्पकमल दाहाल प्रचण्ड र नेकपा संयुक्तका अध्यक्ष गणेश शाह । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २५ असोज । नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) बीच आज पार्टी एकता भएको छ । एक कार्यक्रमबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्तका अध्यक्ष गणेश साहले पार्टी एकतासम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालमा वामपन्थी र कम्युनिष्टहरुको ध्रुवीकरणको शृंखला सुरु भएको र यसले समाजवादी क्रान्ति सम्पन्न गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो – ‘नेपालमा दुई तिहाइ वामपन्थी जनमत छ । त्यसलाई एकीकृत गर्न सके नेपालबाट एक्काइसौं शताब्दीको समाजवादी क्रान्तिको मोडल विकास गर्न सकिन्छ ।’
उहाँले एकता प्रक्रियालाई महान् बहसको संज्ञा दिनुभयो र यसले समाजवादको आधार तयार पार्ने विश्वास व्यक्त गर्नुभयो । आफूले पटक-पटक पार्टी भत्काउने र निर्माण गर्ने गरेको सन्दर्भ कोट्याउँदै उहाँले अहिले फेरि माओवादी केन्द्रलाई भत्काएर नेकपा (एमाले) सहितको बृहत् कम्युनिष्ट पार्टी निर्माण गर्ने अभियानमा आफू लागेको बताउनुभयो ।
संयुक्तका सबै नेता, कार्यकर्तालाई उहाँहरुको भूमिका र योग्यता अनुरुप माओवादीमा जिम्मेवारी दिइने उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा संयुक्तका अध्यक्ष साहले पार्टीको सोमबार र मंगलबार बसेको केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले पार्टी एकताको निर्णय गरेको जानकारी दिनुभयो ।
कम्युनिष्ट पार्टीहरुबीच विभाजन होइन एकता आवश्यकता रहेको भन्दै उहाँले यसले सामन्तवादको अन्त्य गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
संयुक्तमा बिष्णुबहादुर मानन्धर, चन्द्रदेव जोशीजस्ता पुराना कम्युनिष्ट नेता रहेका छन् । सो पार्टीको संसदमा तीन जना सांसद रहेका छन् । वर्तमान सरकारमा संयुक्तबाट प्रतिनिधित्व गर्दै मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालय सम्हालिरहनुभएको छ ।
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा