लन्डन । कुनै पनि मुलुकमा आम्दानीको कर छुट मान्य छैन् । बेलायतमा वार्षिक ११ हजार ५ सय एक पाउण्ड कमाइ नाघे २० प्रतिशत र ४५ हजार एक पाउण्ड देखि माथि ४० प्रतिशत आयकर लिने प्रावधान छ । तर, यहां मानिसलाई मात्र होइन, प्रविधिले मानिसको रोजगारी खोसियो भन्दै रोबोट कर लगाउनुपर्ने प्रस्ताव आएको छ ।
बेलायतको प्रमुख प्रतिपक्षी लेबर पार्टीले अत्याधुनिक प्रविधि विकाससंगै कामदारको जागिर जान सक्ने जोखिमलाई ध्यान दिंदै रोबोट करको नयां नीति अबलम्वन गर्ने घोषणा गरेको हो । प्रतिपक्षी लेबोर नेता जेरेमी कोर्बिनले कामदार हटाएर प्रविधिको साथ लिने कम्पनीहरुलाई कर लगाउने बताएका हुन् । समाजवादी पृष्ठभूमिका नेता कोर्बिनले रोबोटका लागि आफ्नो नीति प्रस्तुत गर्दै प्रविधि मालिक हुने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिएका छन् । उनले विगत देखि नै धनी तथा ठूला कम्पनीहरुलाई उच्च कर नीति अवलम्बन गर्ने बताउंदै आएका छन् ।
रोबोटका कारण आफ्नो जागिर गुमाएका कामदारका लागि उक्त करबाट उठाइएको रकम खर्च गरिने पनि नेता कोर्बिनको भनाइ छ । उनले बढ्दो प्रविधि तथा रोबोटको विकासले धेरै कामदारले आफ्नो नोकरी गुमाउनुपरेको अवस्था तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता समेत औंल्याए ।
प्रविधिको विकासले पुरा समाजले फाइदा उठाउनुको सट्टा धेरै लोभी ब्यवसायीहरुले यसको नाजायज मुनाफा कमाएकाले सामाजिक विभेदको अन्त्यका लागि यस्तो कर उपयोगी हुने कोर्बिनको धारणा छ ।
प्रधानमन्त्री टेरेजा मेको अलोकप्रिय बे्रक्जिट नीतिका कारण विगत केही महिनादेखि लोकप्रिय बन्दै आएका नेता कोर्बिनको यो रोबोट कर नीतिले आर्थिक तथा व्यापारिक क्षेत्रमा तरंग पैदा गरेको छ ।
तर, वर्तमान सत्तारुढ कन्जरभेटिभ पार्टीले यस्तो नीति लगानी तथा प्रविधि विकासमा बाधक हुने र बेलायतलाई झन् पछि धकेल्ने तर्क अघि सार्दै प्रतिपक्षी दलको उक्त नीतिको आलोचना गरेको छ । प्रविधिको विकासले कार्यदक्षता बढ्नुका साथै उत्पादन तथा वितरणमा गुणात्मक वृद्धि र मुल्य सुपथ जस्ता फाइदा हुने ब्यवसायीहरुको तर्क छ ।
बढ्दो प्रतिष्पर्धा तथा ग्लोवलाइजेशनको युगमा रोबोट करले उत्पादकत्वमा ह्रास आइ मानिसको आवश्यकता अनुरुप सेवा दिन सक्षम नहुने पनि यसका आलोचकहरुले बताएका छन् ।
कस्तो कम्पनीले रोबोट कर तिर्ने ? अब भविष्यमा शुरु हुने कम्पनी वा कहिले देखि यो कर लागू हुने ? विदेशी भूमिमा मुख्यालय भएका कम्पनीहरु जस्तै गुगल, अमेजनलाई कसरी कर लगाउने ? यस्तो नीति नयां प्रविधि आविष्कार गर्न वाधक हुने त होइन भन्ने अनेक प्रश्न पनि छन् ।
रोबोट कर लगाउने पहिलो देश दक्षिण कोरिया हो । ठूलो संख्यामा प्रविधिले बेरोजगारी बढ्न सक्ने स्थितिलाई मध्यनजर राख्दै दक्षिण कोरियाले गत अगष्टमा अटोमेटिक मेसिनहरुको लगानीमा नयां कर नीति लगाउने घोषणा गरेको थियो ।
लन्डनस्थित अर्थ ब्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्यले आगामी दिनमा रोबोट कामदारको उल्लेख्य भूमिका बढ्ने बताउंदै सन् २०३० भित्र बेलायतको एक तिहाइ, अमेरिकाको ३८ प्रतिशत, जर्मनीको ३५ प्रतिशत तथा जापानको २१ प्रतिशत कार्य रोबोटले गर्ने भविष्यवाणी रहेको जनाए ।
संसारका सबैभन्दा धनी व्यक्ति बिल गेट्सले प्रविधिको विकासले सरकारको आम्दानी कम हुंदै गएकाले रोबोट कर लगाउनु पर्ने धारणा गत फेब्रुअरीमा राखेका थिए । उनले यसबाट उठ्ने करले मानिस चाहिने क्षेत्र जस्तै चिकित्सा क्षेत्रमा लगानी गर्न सकिने बताएका थिए । उनले यदि ५० हजार डलर कमाउने कामदारले तिर्ने कर उही काम गर्ने रोबोटले गरेपछि यसलाई पनि उही स्तरको करको दायरामा ल्याउनुपर्ने बताएका थिए ।
उत्पादन, वित्तीय ब्यापार, कम्युटर व्यवसायमा मानिसको बदलामा रोबोटले धेरै कार्य गरिरहेको छ । यसले गर्दा सरकारी राजस्व कम भएको यथार्थ छ । बेलायतमा हाल ४२ वर्ष यताको सबैभन्दा कम बेरोजगार तथ्यांक सार्वजनिक भएकोले रोबोट करले अर्थतन्त्र र रोजगारीमा असर नपर्ने रोबोट करका समर्थकहरुले बताएका छन् । इकान्तिपुर
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त