लन्डन । एनआरएनए यूकेको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित नयां कार्यसमितिका मगर पदाधिकारी तथा सदस्यहरुलाई मगर संघ यूकेले सम्मान गरेको छ । आइतबार मगर भवन फार्नब्रोमा आयोजित कार्यक्रममा मगर संघ यूकेका अध्यक्ष नेम थापामगर, सल्लाहकार र शाखाका प्रतिनिधिहरुले उनीहरुलाई फेटा लगाई सम्मान गरे ।
सम्मानित हुनेहरुमा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष प्रेम गाहा, डा. प्रेम आले, युवा संयोजक कुमार थापा, प्रवक्ता रमेश सराङकोटी, सदस्यहरु डेविन्द्र थापा, गंगा राना र मुकेश राना तथा अन्तर्राष्ट्रिय समन्वय समितिकी सदस्य शान्ति थापा कुंवर छन् ।
अध्यक्ष थापामगरको अध्यक्षता र महासचिव लालबहादुर पुनको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष सीता पुनले दिएकी थिइन् । नवनिर्वाचित पदाधिकारीहरुको तर्फबाट मन्तब्य दिँदै अध्यक्ष फगामीले एनआरएनए यूकेलाई बढिभन्दा बढि नेपालीलाई समेट्ने संस्था बनाउन पहल गर्ने बताए ।
कार्यक्रमको दोस्रो चरणमा म्यागासेसे पुरस्कार विजेता महावीर पुनको आसन्न बेलायत भ्रमण र राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग जुटाउनेबारे छलफल भएको थियो । सो क्रममा पर्वत वेलफेयर सोसाइटीका अध्यक्ष दधि आचार्य, पुन समाजका अध्यक्ष एक पुन लगायतले सुझाव राखेका थिए भने च्यारिटी डिनर संयोजक सीता पुन र मगर संघ यूकेका अध्यक्ष नेम थापाले कार्यक्रमबारे प्रकाश पारेका थिए ।
मगर संघ यूकेले यूकेका विभिन्न संस्थाहरुसितको सहयोगमा यही अक्टोबर २७ शुक्रबार एम्पायर हल अल्डरसटमा एक च्यारिटी डिनर आयोजना गर्दैछ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा