
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस् र प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा शनिबार भेटवार्ता हुँदै । तस्बिर – भीष्मराज ओझा, न्ययोर्क रासस
न्यूयोर्क, ८ असोज (रासस) – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस्ले नेपालमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनको प्रशंसा गर्दै आगामी दिनमा हुने अन्य निर्वाचन सफलताका लागिसमेत शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र महासचिव गुटेर्रेस्बीच आज भएको उच्चस्तरीय भेटवार्तामा महासचिव गुटेर्रेस्ले नेपालमा लोकतन्त्रको संस्थागत विकास प्रक्रियाप्रति खुशी व्यक्त गर्नुभएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।
संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले नेपालमा संविधान जारी भएपछि सबै दलको सहभागितामा उत्साहपूर्वक स्थानीय तहको निर्वाचन सम्पन्न भएको र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुने चरणमा रहेको अवगत गराउनुभएको थियो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले महासचिव गुटेर्रेस्लाई नेपालमा समावेशी लोकतन्त्रअन्तर्गत महिला, आदिवासी, जनजाति, पिछडिएका वर्ग, अल्पसंख्यकलगायत सबैको समावेशीता सुनिश्चित भएको बताउनुभएको थियो । प्रधानमन्त्री देउवाले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक निष्कर्षमा पुगेको बारेमा समेत उहाँलाई जानकारी गराउनुभएको थियो ।
महासचिव गुटेर्रेस्ले नेपालमा हालै गएको बाढी पहिरोबाट निधन भएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै सिंगो मुलुकप्रति सहानुभूति प्रकट गर्नुभएको भेटवार्तामा सहभागी परराष्ट्र सल्लाहकार डा भट्टराईले बताउनुभयो । भेटमा महासचिव गुटेर्रेस्ले नेपालले विश्व शान्तिका लागि नेपाली सेना पठाएर गरेको योगदानको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवाले काभ्रेको पाँचखालमा रहेको शान्ति सेनाको प्रशिक्षण केन्द्रको क्षमता अभिवृद्धि र क्षेत्रीयस्तरको बनाउन सहयोगका लागि गर्नुभएको आग्रहलाई महासचिव गुटेर्रेस्ले सकारात्मक लिनुभएको थियो । प्रधानमन्त्री देउवाले नेपालले शान्ति सेनामा पुरयाएको योगदानका आधारमा शान्ति सेनाको उपल्लो पद पाउनुपर्ने विषयमा समेत कुरा राख्नुभएको थियो ।
राष्ट्रसंघको ७२औँ महासभामा भाग लिन यहाँ आउनुभएका प्रधानमन्त्री देउवाले आज महासभालाई सम्बोधनपछि महासचिव गुटेर्रेेस्सँग भेटवार्ता गर्नुभएको हो ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस