
सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेस २०१७ का विजेता धरानकी रिवा लिम्बु विचमा, फष्ट रनरअप कंलङ्कीका श्रीजु सिंह ठकुरी, सेकेन्ड रनरअप मोनालिसा पाख्रिन । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २ असोज (रासस) ः मिस एअर होस्टेज–२०१७ को ताज धरानकी १९ वर्षीया रीवा लिम्बूले पहिरिएकी छन् ।
सिजन मिडियाद्वारा आयोजित ‘मिस एअर होस्टेस’को चौथो संस्करणमा आफ्ना ३४ प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले उपाधि चुमेकी हुन् । विजेता लिम्बूले रु २५ हजार र वसुन्धरास्थित साउथ वेष्टर्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि रु एक लाख बराबरको छात्रवृत्ति तथा एभियशन म्युजियममा रोजगारीको अवसर प्राप्त गरेकी छन् ।
त्यस्तै कलंकीकी ‘फस्ट रनर अप’ सिजुसिंह ठकुरीले रु १५ हजार र ‘वेष्ट ड्रेस’को उपाधि प्राप्त गरिन् भने ‘सेकेण्ड रनर अप’ मोनालिसा पाख्रिनले ‘मिस पर्सनालिटी’को अवार्ड पाइन् । उनले रु १० हजारका साथै साउथ वेष्टर्न कलेजमा रु एक लाख बराबरको छात्रवृत्ति पनि पाइन् ।
कार्यक्रममा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरन्त कंसाकार, सौर्य एअरलाइन्सका प्रबन्ध निर्देशक गोपाल भट्टराई, राससका अध्यक्ष कुलचन्द्र वाग्ले तथा नेपाली उड्डयन क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति थियो । मुख्य निर्णायकका रुपमा नेपाल एअरका क्याप्टेन विजय लामा हुनुहुन्थ्यो ।
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन