
सिजन मिडियाद्वारा आयोजित मिस एयर होस्टेस २०१७ का विजेता धरानकी रिवा लिम्बु विचमा, फष्ट रनरअप कंलङ्कीका श्रीजु सिंह ठकुरी, सेकेन्ड रनरअप मोनालिसा पाख्रिन । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, २ असोज (रासस) ः मिस एअर होस्टेज–२०१७ को ताज धरानकी १९ वर्षीया रीवा लिम्बूले पहिरिएकी छन् ।
सिजन मिडियाद्वारा आयोजित ‘मिस एअर होस्टेस’को चौथो संस्करणमा आफ्ना ३४ प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले उपाधि चुमेकी हुन् । विजेता लिम्बूले रु २५ हजार र वसुन्धरास्थित साउथ वेष्टर्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि रु एक लाख बराबरको छात्रवृत्ति तथा एभियशन म्युजियममा रोजगारीको अवसर प्राप्त गरेकी छन् ।
त्यस्तै कलंकीकी ‘फस्ट रनर अप’ सिजुसिंह ठकुरीले रु १५ हजार र ‘वेष्ट ड्रेस’को उपाधि प्राप्त गरिन् भने ‘सेकेण्ड रनर अप’ मोनालिसा पाख्रिनले ‘मिस पर्सनालिटी’को अवार्ड पाइन् । उनले रु १० हजारका साथै साउथ वेष्टर्न कलेजमा रु एक लाख बराबरको छात्रवृत्ति पनि पाइन् ।
कार्यक्रममा नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरन्त कंसाकार, सौर्य एअरलाइन्सका प्रबन्ध निर्देशक गोपाल भट्टराई, राससका अध्यक्ष कुलचन्द्र वाग्ले तथा नेपाली उड्डयन क्षेत्रका विशिष्ट व्यक्तिको उपस्थिति थियो । मुख्य निर्णायकका रुपमा नेपाल एअरका क्याप्टेन विजय लामा हुनुहुन्थ्यो ।
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
वेपत्ता नागरिकलाई अविलम्ब सार्वजनिक गर्न सरोकारवालाको जोड
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी