
काठमाडौँको भद्रकालीमा नवनिर्मित खेल मैदानको शुक्रबार उद्घाटन गर्नुहुँदै प्रधानसेनापति राजेन्द्र क्षेत्री । तस्बिर ः नवीन पौडेल, रासस
काठमाडौँ, ३० भदौ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले जङ्गी अड्डा परिसरमा इपिडियम सेन्थेटिक रबर ट्रयाक र प्यारापिटसहित पुनर्निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको खेल मैदानको आज उद्घाटन गर्नुभएको छ ।
उक्त खेल मैदानको खेल्ने भाग १०५ मिटर-६८ मिटर रहेको छ । इपिडियम सेन्थेटिक रबर प्रयोग गरिएको आठलेन भएको एथलेटिक्स ट्रयाकमा १०० मिटर दौड र ११० मिटर हडल्सका लागि थप २ लेन रहेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको फुटबल, एथलेटिक्स, हाइजम्प, पोलभर्ट, लङजम्प, ट्रिपलजम्प, ज्याभ्लिन थ्रो, सटपुट, डिसकस थ्रो, ह्यामर थ्रोको अतिरिक्त स्टिपल चेसलगायत खेल उक्त मैदानमा सञ्चालन गर्न सकिनेछ । विसं २०७३ मंसिर ८ गते शिलान्यास भएको उक्त खेल मैदान करिब १० महिनाको अवधिमा बनेको हो ।
सोही मैदानमा आजै ‘प्रधान सेनापति ट्रफी खेलकुद प्रतियोगिता–२०७४’ को प्रधान सेनापति क्षत्रीले समापन गर्नुभयो । सो अवसरमा प्रधानसेनापति क्षत्रीले नेपाली सेनासँग लामो समयदेखि आबद्ध भई विभिन्न खेलमा प्रशिक्षकको भूमिका निर्वाह गर्दै उत्कृष्ट खेलाडी उत्पादनमा खटिनुभएका कबड्डी, सुटिङ तथा ह्याण्डबलका प्रशिक्षक तीन तथा राष्ट्रिय एवं अन्तरराष्ट्रिय खेलकुद क्षेत्रमा विशिष्ट योगदान पुरयाएका नेपाली सेनाका अवकाशप्राप्त खेलाडी १० जनालाई सम्मान प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा म्याराथन र १० किमी दौडमा प्रथम भएका दुई धावक अम कृष्ण बस्नेत र प्युठ लालबहादुर थापालाई ‘नीरशम्शेर जबरा पुरस्कार’ दिइनाका साथै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल धावक अम सोमबहादुर कुमाल र तेक्वान्दो खेलाडी ज्ञानी चुनारालाई ‘अजेयबल ट्रफी’ प्रदान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग