
लन्डन । अर्घाखांची समाज बेलायतले अर्घाखांचीस्थित मालारानी गाउंपालिकामा मातृशिशु स्याहार केन्द्र स्थापनाका लागि च्यारिटी गर्ने भएको छ ।
समाजको पहिलो बैठकले वार्षिक कार्यक्रम सार्वजनिक गर्दै च्यारिटीलाई प्राथमिकतामा राखेको हो । सो च्यारिटीका लागि बि पी खनालको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ । बैठकले समर भेटघाट, दशैंका बेला पारेर अर्घाखांचीका बाढीपीडितलाई सहयोग समेत प्रदान गर्ने निर्णय गरेको सचिव तुङभद्र भुसालले बताए । उनका अनुसार बैठकले आफ्नो विधान पनि पारित गरेको छ ।
उक्त समाज केही महिनाअघिमात्र गठन भएको थियो ।
बैठकले गैरआवासीय नेपाली संघ बेलायतको शनिबार सम्पन्न अधिवेशनमार्फत निर्वाचित अध्यक्ष योगकुमार फगामीलगायत सम्पूर्ण कार्यसमितिलाई वधाई तथा सफल कार्यकालका लागि शुभकामना समेत दिएको छ ।
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?