रियाद-दोहा, २४ भदौ । साउदी अरब र कतारका नेताहरुले शुक्रबार कूटनीतिक समस्या समाधानका बारेमा टेलिफोनमा कुराकानी गर्नुभएको छ ।
यो कुराकानीसँगै उनीहरुबीचको सम्बादहिनता टुटेको छ भने टेलिफोनवार्ता सौहार्दपूर्ण भएको छ ।
कतारका राजा शेख तामिम बिन हमाद अल थानीले गरेको फोन अरबका राजकुमार मोहम्मद बिन सलमानले उठाउनु भएको साउदी अरबका सरकारी सञ्चार माध्यमहरुले जनाएका छन ।
कतारी राजा हमाद अल थानीले तीन महिनादेखिको नाकाबन्दी सहितको तनावपूर्ण समस्यालाई वार्ताको माध्यमबाट अन्त्य गर्न आग्रह गर्नुभएको थियो ।
टेलिफोन कुराकानीका क्रममा कतारका राजाले आफ्नो देशलाई नाकाबन्दी गराएका देशहरुसँग आफू वार्ता गर्न चाहेको बताउनु भएको थियो ।
उहाँले साउदी अरब नेतृत्वका खाडी क्षेत्रका चार राष्ट्रसहित सरोकारबालाहरुको सर्वोत्तम हितलाई ध्यानमा राखेर समाधान निकाल्नु पर्नेमा जोड दिनु भएको समाचार संस्थाहरुले जनाएका छन् ।
साउदी अरब, बहराईन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् (युएइ)ले गत जुन ५ देखि कतारमाथी कूटनीतिक समस्या सृजना गर्दै नाकाबन्दी गरेका छन ।
कतारले आतङ्कवादी र अतिवादीहरुलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउदै लगेको लगायतका आरोप नाकाबन्दी गर्ने देशहरुले लगाएका छन । तर उनीहरुको आरोपलाई कतारले भने पुरै अस्विकार गरेको छ ।
नाकाबन्दी लगाएका देशहरुले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका छन । ती माग मध्ये इरानसँगको सम्बन्ध तोड्नु पर्ने र कतारमा रहेका टर्कीका सेनाहरु फिर्ता पठाउनु पर्ने लगायतका मागहरु मुख्य रहेका छन् ।
जे भएपनि समस्या समाधानका लागि छलफल तथा पहल गर्न साउदी अरबका राजकुमार मोहम्मदले विषेश प्रतिनिधि पठाउने प्रस्तावलाई कतारका राजा सेख तामिमले स्वागत गर्नुभएको कतारको सरकारी समाचार संस्थाले जनाएको छ ।
कतारी राजा हमाद अल थानीले यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि टेलिफोन कुराकानी गर्नुु भएको थियो ।
कुनै पनि देशको सार्वभौमिकतालाई असर नपार्ने गरी रचनात्मक वार्तामार्फत समस्याको समाधान गर्न सकिने कतारी राजाको भनाइ थियो ।
कतारी राजा हमाद अल थानीले कुवेतको प्रयासमा अमेरिकाले आफ्नो अडान परिवर्तन गरी वार्तामार्फत समस्या समाधानका लागि प्रयास गर्नुपर्ने बताउनुभएको थियो ।
साउदी अरबको नेतृत्वमा साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएइ), बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन । उनीहरूले जमिन, समुद्र हवाइ सम्पर्कसमेत बन्द गरेका छन ।
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
विमानमा आगो लागेपछि डेढ घण्टादेखि अवरुद्ध नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?