रियाद-दोहा, २४ भदौ । साउदी अरब र कतारका नेताहरुले शुक्रबार कूटनीतिक समस्या समाधानका बारेमा टेलिफोनमा कुराकानी गर्नुभएको छ ।
यो कुराकानीसँगै उनीहरुबीचको सम्बादहिनता टुटेको छ भने टेलिफोनवार्ता सौहार्दपूर्ण भएको छ ।
कतारका राजा शेख तामिम बिन हमाद अल थानीले गरेको फोन अरबका राजकुमार मोहम्मद बिन सलमानले उठाउनु भएको साउदी अरबका सरकारी सञ्चार माध्यमहरुले जनाएका छन ।
कतारी राजा हमाद अल थानीले तीन महिनादेखिको नाकाबन्दी सहितको तनावपूर्ण समस्यालाई वार्ताको माध्यमबाट अन्त्य गर्न आग्रह गर्नुभएको थियो ।
टेलिफोन कुराकानीका क्रममा कतारका राजाले आफ्नो देशलाई नाकाबन्दी गराएका देशहरुसँग आफू वार्ता गर्न चाहेको बताउनु भएको थियो ।
उहाँले साउदी अरब नेतृत्वका खाडी क्षेत्रका चार राष्ट्रसहित सरोकारबालाहरुको सर्वोत्तम हितलाई ध्यानमा राखेर समाधान निकाल्नु पर्नेमा जोड दिनु भएको समाचार संस्थाहरुले जनाएका छन् ।
साउदी अरब, बहराईन, इजिप्ट र युनाईटेड अरब इमिरेट्स् (युएइ)ले गत जुन ५ देखि कतारमाथी कूटनीतिक समस्या सृजना गर्दै नाकाबन्दी गरेका छन ।
कतारले आतङ्कवादी र अतिवादीहरुलाई सहयोग गरेको, उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कुटनीतिक सम्बन्ध बलियो बनाउदै लगेको लगायतका आरोप नाकाबन्दी गर्ने देशहरुले लगाएका छन । तर उनीहरुको आरोपलाई कतारले भने पुरै अस्विकार गरेको छ ।
नाकाबन्दी लगाएका देशहरुले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका छन । ती माग मध्ये इरानसँगको सम्बन्ध तोड्नु पर्ने र कतारमा रहेका टर्कीका सेनाहरु फिर्ता पठाउनु पर्ने लगायतका मागहरु मुख्य रहेका छन् ।
जे भएपनि समस्या समाधानका लागि छलफल तथा पहल गर्न साउदी अरबका राजकुमार मोहम्मदले विषेश प्रतिनिधि पठाउने प्रस्तावलाई कतारका राजा सेख तामिमले स्वागत गर्नुभएको कतारको सरकारी समाचार संस्थाले जनाएको छ ।
कतारी राजा हमाद अल थानीले यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि टेलिफोन कुराकानी गर्नुु भएको थियो ।
कुनै पनि देशको सार्वभौमिकतालाई असर नपार्ने गरी रचनात्मक वार्तामार्फत समस्याको समाधान गर्न सकिने कतारी राजाको भनाइ थियो ।
कतारी राजा हमाद अल थानीले कुवेतको प्रयासमा अमेरिकाले आफ्नो अडान परिवर्तन गरी वार्तामार्फत समस्या समाधानका लागि प्रयास गर्नुपर्ने बताउनुभएको थियो ।
साउदी अरबको नेतृत्वमा साउदी अरब, युनाइटेड अरब इमिरेट्स (यूएइ), बहराइन र इजिप्टले कतारमाथि नाकाबन्दी गरेका छन । उनीहरूले जमिन, समुद्र हवाइ सम्पर्कसमेत बन्द गरेका छन ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी