ग्रेटर रसमुर नेपाली कम्युनिटीका सल्लाहकारहरुको स्वागत


लन्डन । ग्रेटर रसमुर नेपाली कम्युनिटीले नव मनोनित सल्लाहकारहरुलाई रसमुर बरो काउन्सिलको च्याम्बरमा स्वागत तथा सम्मान गरेको छ । संस्थाका महासचिव मान गुरुङद्वारा सञ्चालित एवं अध्यक्ष जीव बेल्बासेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राम धन राईले स्वागत मन्तव्य दिए भने निवर्तमान अध्यक्ष ओम थापाले उनको कार्यकालमा पुरा गरिएका लक्ष्य र बांकी रहेका कामको विषयमा प्रकाश पारेका थिए ।

त्यसै गरि सल्लाहकार एवं एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङ, रसमुर बरो काउन्सिल मेयर सोफिया चौधरी, प्रहरी चिफ इन्सपेक्टर जोन हाल्फकर समेतले आ-आफ्नो मन्तव्य राखेका थिए ।

अध्यक्ष जीव बेल्बासेले सबैलाई धन्यवाद दिंदै आगामी दुई वर्षभित्र गरिने अल्पकालीन एवं दीर्घकालिन योजना जस्तै- जीआरएनसीका लागि कम्युनिटी हल, अफिस, स्थानिय स्कुल र कलेजमा नेपाली कक्षाको सम्भाव्यता, भेट्रान प्रोजेक्ट, नेपाली नयां वर्ष कार्यक्रम, बिजिडब्लुएस र शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरसंगको साझेदारीमा दशैं कार्यक्रम, रसमुर १० के रन, लागू औषध तथा मादक पदार्थ दुव्र्यसन सम्बन्धि प्रशिक्षण, फायर वक्स लगायत जीआरएनसी, प्रहरी, स्थानिय काउन्सिलका क्याबिनेट लिडर र उनको टिम, विपक्षी दलका नेता र उनको टिम, रसमुर कम्युनिटी डेभलभमेण्ट मेनेजर र उनको टिमसंगको त्रैमासिक बैठक आदि विषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष ओम थापा, रसमुर बरो काउन्सिल मेयर सोफिया चौधरी, प्रहरी चिफ इन्सपेक्टर जोन हाल्फकर, स्थानिय काउन्सिलका क्याबिनेट लिडर डेभिड क्लिफोर्ड, सह लिडर केन, विपक्षी दलका नेता आलेक्स क्राफोर्ड, रुसमुर भोलेण्ट्री सर्भिसेजका डेभलभमेण्ट मेनेजर सु हाथावे, सल्लाहकारहरु सूर्जे गुरुङ, मुछेत्र गुरुङ, बाचस्पति रेग्मी, हितकाजी गुरुङ, क्याप्टेन महेन्द्र लिम्बु, क्याप्टेन ग्यारी घले, शेर सुनार, क्याप्टेन राजेन्द्रमान गुरुङ, मेजर खिम गौचन, क्याप्टेन तीर्थमान गुरुङ, भिम बानिया, हरि श्रेष्ठ, विष्णु तामाङ, क्याप्टेन हरि थापा, थर्क सेन, क्याप्टेन बीरबहादुर थापा, शान्ति थापा कुंवर, नन्दकुमारी गुरुङ, रत्न राई, पुरन गिरी, जंग सुनुवार, दिलरास गुरुङ, कृष्ण गुरुङ, पूर्णराज गुरुङ, क्याप्टेन केशर राना, विश्वजंग गुरुङ, देवबहादुर घले, हर्क गुरुङ, कार्यसमितिका तर्फबाट वरिष्ठ उपाध्यक्ष राम धन राई, उपाध्यक्ष नेम थापा, महासचिव मान गुरुङ, कोषाध्यक्ष टोप पल्ली, महिला संयोजक लिला सेलिङ माबो, सदस्य दिल नेपाली, जगना गुरुङ, टेक थापा लगायतको सहभागिता थियो ।

कार्यक्रम ऐतिहासिक रहेको उपाध्यक्ष नेम थापाले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री