लन्डन । एनआरएनए यूकेको ९ सेप्टेम्बरमा हुन लागेको सातौं राष्ट्रिय अधिवेशन तथा नयां कार्यसमिति निर्वाचनका लागि शनिबार उम्मेदवार मनोनयनपत्र दर्ता भएको छ । निर्धारित समय बिहान १० देखि ३ बजेसम्म भएपनि करिब एक घण्टा बढि समय दिएर गरिएको उम्मेदवार मनोनयनपत्र दर्ता कार्यक्रममा अध्यक्षका लागि कृष्ण तिमिल्सिना, योगकुमार फगामी र हिराधन राईले नाम दर्ता गराएका छन् । ११५० पाउण्ड महंगो शुल्क तिरेर अध्यक्षका आकांक्षीले उम्मेदवारी दर्ता गराएका हुन् ।
सबै पदमा कुल उम्मेदवारी संख्या ५३ छ । उपाध्यक्षमा ६ जना चाहिनेमा ११, महासचिव ३ जना, उपमहासचिवमा २ जना, सचिव ४ जना, कोषाध्यक्ष तीनजना, सहकोषाध्यक्षमा २ जना र युवा संयोजकमा ४ जनाले उम्मेदवारी दिएका छन् । महिला संयोजकमा एकजनाको मात्र नाम परेपछि उक्त पदमा लिलादेवी गुरुङ निर्विरोध भएकी छिन् ।
सबैभन्दा पहिले सामाजिक सञ्जालबाट अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका एनआरएनए यूके उपाध्यक्ष दासुराम पाण्डेले भने नाम दर्ता गराएनन् । अध्यक्षको सहमतिका लागि शुक्रबार मध्यरातसम्म आ आफ्नो पक्षबाट भएका भेटघाट र वार्ताले पनि मनोनयन दर्ताअघि सहमति जुटाउन सकेन ।
उपाध्यक्षमा दीपक श्रेष्ठ, ललितकुमार न्यौपाने, राष्ट्रकुमार राई, दयानिधि सापकोटा, शेरबहादुर सुनार, सुशिला राई, पुनम गुरुङ, डा. दिलिप कुमार यादव, प्रेम गाहामगर, डा. प्रेमबहादुर आले र भोलानाथ खनालको उम्मेदवारी परेको छ । महासचिवमा फडिन्द्र भट्टराई, खुशीतावा लिम्बु र राजकुमार त्रिपाठीले उम्मेदवारी दिएका छन् भने उपमहासचिवमा कृष्ण तिवारी र विनय अधिकारीको उम्मेदवारी परेको छ । युवा संयोजकमा बीरेन्द्र श्रेष्ठ, राजन खकुरेल, कुमार थापा र लालबहादुर गुरुङ छन् । त्यसैगरि कोषाध्यक्षमा शालिकराम सापकोटा, सचिन श्रेष्ठ र महेश गिरीको उम्मेदवारी छ ।
सहकोषाध्यक्षमा सुरज पौडेल र गजेन्द्र गुरुङले उम्मेदवारी दिएका छन् । ३ वटा सचिव पदका लागि चार जनाको उम्मेदवारी परेको छ जसमा नारायण गाउंले, सुरज मास्के, सुनिल बाबु खड्का र तारानाथ भण्डारी छन् ।
तीन जना आइसीसी सदस्यका लागि चिरन शर्मा, शान्ति थापा कुंवर, कुमारी गुरुङ, जयप्रकाश गुरुङ र अर्जुन कटुवालले उम्मेदवारी दर्ता गरेका छन् ।
९ जना आवश्यक सदस्यमा १५ जनाको उम्मेदवारी परेको छ । सदस्यहरुमा कोलेश्वर ढकाल, तिलक भट्टराई, गंगाबहादुर राना, अर्कराज तिमिल्सिना, जितबहादुर रानाभाट, पवन शर्मा, कमल कंडेल, विमला लिम्बु, मनिष खड्का, विष्णु प्रसाद खरेल, परशुराम पाण्डे, होमनाथ पौडेल, डेबिद्र थापा, मुकेश राना र पवन राईको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिका अनुसार, उम्मेदवारको नामावली उपर दावी विरोध २८ अगष्ट बिहान ११ बजेसम्म तोकिएको छ भने उम्मेदवारी मनोनयन फिर्ता २८ अगष्ट दिउसो एकबजेसम्म गर्न सकिने छ ।
उम्मेदवारी दर्ता गराउने दिन आकांक्षीहरुको बिहानै देखि भीड देखिन्थ्यो । मनोनयन दर्ता प्रक्रियाका क्रममा उपस्थित एनआरएनए युरोप संयोजक कुल आचार्यले उम्मेदवारहरुको मनोनयन उत्साहप्रति खुशी व्यक्त गरे । स्वतस्फूर्त उम्मेदवारी आउनुले संस्थाको महत्व अझ बढेको आभाष भएको उनले बताए ।
निर्वाचन समितिले सभ्य, सालिन, अनुशासित र सौहाद्र वातावरणमा मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको जनाएको छ ।
(भिडियो)
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस