काठमाडौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सांस्कृतिक पर्वलाई अक्षुण्ण राख्दै विकृति र नकारात्मक पक्षलाई छोड्दै जानुपर्ने बताउनुभएको छ ।
राष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा मुलुकका राजनीतिक परिवर्तनसँगै महिलाका हक अधिकारलाई संविधानले प्रत्याभूत गरेको तथा हालै सम्पन्न र हुन गइरहेको स्थानीय तहको निर्वाचनले जगैदेखि महिला नेत्रीलाई स्थापित गर्ने काम गरेको उल्लेख गर्नुभएको छ ।
‘यस नेतृत्वलाई परिपक्व ढंगले आफ्नो कर्तव्यलाई बहन गर्न महिलाहरु लाग्नुपर्छ’, सन्देशमा भनिएको छ, ‘अबको यात्रा भनेको आर्थिक समुन्नतितर्फ देशलाई डोरयाउनु हो । यसका लागि हाम्रा महत्वपूर्ण चाड र पर्वले पनि यही सन्देश दिन सकुन् ।’
तीज सिर्जनशील र उल्लासमय रहोस् – उपराष्ट्रपति
काठमाडाँै, ८ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
हरितालिकाका अवसरमा आज शुभकामना सन्देश जारी गरी उहाँले नेपालमा भएका परिवर्तनकारी संघर्षमा महिला दिदीबहिनीले पुरयाउनुभएको योगदानको उच्च सम्मान गर्दै परिवर्तनकारी आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्व सामु परिचित गराउन नेपाली महिलाको ठूलो योगदान रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।
जस्तोसुकै दुःख कष्टमा पनि खुशीका साथ चाडबाड मनाउने नेपाली परम्परा भएको उल्लेख गर्दै सन्देशमा उहाँले बाढी, डुबान तथा पहिरोबाट घरबारविहीन भएका र विनाशकारी भूकम्पका कारण अझै पनि अस्थायी टहरोमै रहेका दिदीबहिनीले पनि सबै दुःख बिर्सेर हर्षका साथ हरितालिका तीज मनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति पुनले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस्, तीज सिर्जनशील र उल्लासमय रहोस् भनी कामनासमेत गर्नुभएको छ ।
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण