काठमाडौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सांस्कृतिक पर्वलाई अक्षुण्ण राख्दै विकृति र नकारात्मक पक्षलाई छोड्दै जानुपर्ने बताउनुभएको छ ।
राष्ट्रपतिले आज दिनुभएको शुभकामना सन्देशमा मुलुकका राजनीतिक परिवर्तनसँगै महिलाका हक अधिकारलाई संविधानले प्रत्याभूत गरेको तथा हालै सम्पन्न र हुन गइरहेको स्थानीय तहको निर्वाचनले जगैदेखि महिला नेत्रीलाई स्थापित गर्ने काम गरेको उल्लेख गर्नुभएको छ ।
‘यस नेतृत्वलाई परिपक्व ढंगले आफ्नो कर्तव्यलाई बहन गर्न महिलाहरु लाग्नुपर्छ’, सन्देशमा भनिएको छ, ‘अबको यात्रा भनेको आर्थिक समुन्नतितर्फ देशलाई डोरयाउनु हो । यसका लागि हाम्रा महत्वपूर्ण चाड र पर्वले पनि यही सन्देश दिन सकुन् ।’
तीज सिर्जनशील र उल्लासमय रहोस् – उपराष्ट्रपति
काठमाडाँै, ८ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीजका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
हरितालिकाका अवसरमा आज शुभकामना सन्देश जारी गरी उहाँले नेपालमा भएका परिवर्तनकारी संघर्षमा महिला दिदीबहिनीले पुरयाउनुभएको योगदानको उच्च सम्मान गर्दै परिवर्तनकारी आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीलाई आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्व सामु परिचित गराउन नेपाली महिलाको ठूलो योगदान रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।
जस्तोसुकै दुःख कष्टमा पनि खुशीका साथ चाडबाड मनाउने नेपाली परम्परा भएको उल्लेख गर्दै सन्देशमा उहाँले बाढी, डुबान तथा पहिरोबाट घरबारविहीन भएका र विनाशकारी भूकम्पका कारण अझै पनि अस्थायी टहरोमै रहेका दिदीबहिनीले पनि सबै दुःख बिर्सेर हर्षका साथ हरितालिका तीज मनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति पुनले आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस्, तीज सिर्जनशील र उल्लासमय रहोस् भनी कामनासमेत गर्नुभएको छ ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस