
काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आशन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग परामर्श लिनुभएको छ ।
प्रधानमन्त्री देउवाले आफ्नो निजी निवास बालुवाटारमा आज पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग भ्रमणबारे छलफल गर्नुभएको हो ।
नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई ध्यानमा राख्दै नेपाल र भारतबीच भएका ज्वलन्त समस्यामा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिनुभयो ।
‘अहिलेको सबैभन्दा महत्वपूर्ण समस्या भनेको नेपालमा पछिल्लोपटक भएको भारी वर्षाका कारण तराईमा भएको डुबान हो, मानवीय र धनजनको क्षति भयो, त्यसको मुख्य कारण सीमानामा बाँधिएका बाँधहरू हुन् , त्यसबारे नयाँ ढंगले पुनःसंरचना गरिनुपर्छ, अवलोकन गरिनुपर्छ र दुई देशबीचमा सहमति निर्माण गर्नुपर्छ, भन्ने बारेमा राम्रोसँग छलफल भयो’–पूर्वप्रम खनालले भन्नुभयो ।
नेपालका विभिन्न उत्पादनलाई भारतसँग सहजरूपमा पुरयाउन पहल गर्नेबारे समेत छलफल भएको उहाँको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लिम्बूको ‘मुटु र रक्तनली रोग’ पुस्तक सार्वजनिक
भेनेजुएलामा शक्तिशाली भूकम्प, कहाँ कहाँ पुग्यो क्षति ?
विश्वकप फुटबलः समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
वेल्समा नेपाली टोलीबीच मैत्रीपूर्ण फुटबल : १–१ गोलको बराबरीमा सकियो
लन्डनमा रेल दुर्घटना : चालकको मृत्यु, ८९ जना घाइते