
काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आशन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसँग परामर्श लिनुभएको छ ।
प्रधानमन्त्री देउवाले आफ्नो निजी निवास बालुवाटारमा आज पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग भ्रमणबारे छलफल गर्नुभएको हो ।
नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई ध्यानमा राख्दै नेपाल र भारतबीच भएका ज्वलन्त समस्यामा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिनुभयो ।
‘अहिलेको सबैभन्दा महत्वपूर्ण समस्या भनेको नेपालमा पछिल्लोपटक भएको भारी वर्षाका कारण तराईमा भएको डुबान हो, मानवीय र धनजनको क्षति भयो, त्यसको मुख्य कारण सीमानामा बाँधिएका बाँधहरू हुन् , त्यसबारे नयाँ ढंगले पुनःसंरचना गरिनुपर्छ, अवलोकन गरिनुपर्छ र दुई देशबीचमा सहमति निर्माण गर्नुपर्छ, भन्ने बारेमा राम्रोसँग छलफल भयो’–पूर्वप्रम खनालले भन्नुभयो ।
नेपालका विभिन्न उत्पादनलाई भारतसँग सहजरूपमा पुरयाउन पहल गर्नेबारे समेत छलफल भएको उहाँको भनाइ थियो ।
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा
अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित
अभिनयतर्फ गायन समीर श्रेष्ठ
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक