
नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङसहितको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग बुधबार काठमाडौँमा भेटवार्ता गर्दै नेपालका उद्योगी व्यवसायी । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, ३२ साउन । नेपालका उद्योगी व्यवसायीले नेपाल भ्रमणमा रहेको चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङलगायतको उच्चस्तरीय प्रतिनिधिमण्डलसँग सम्बन्ध सञ्जाल विस्तारमा जोड दिन आग्रह गरेका छन् ।
नेपाल भ्रमणमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा उद्योग व्यसायीले विशेष गरी नेपालमा लगानी बढाउन र दुई देशबीच सम्बन्ध सञ्जाल विस्तारका लागि आग्रह गरेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बताउनुभयो ।
सबै क्षेत्रका लागि सञ्जाल महत्वपूर्ण भएको भन्दै अध्यक्ष राणाले नेपालसँगका नाका विस्तार र सुचारु गर्ने सम्बन्धमा दुई पक्षबीच छलफल भएको जानकारी दिँदै भन्नुभयो, ‘चीनले आयातमा दिने छुटको सम्बन्धमा नेपालमा उत्पादन हुने र निर्यात भइरहेका बस्तु र व्यपारलाई प्राथकिता दिनुपर्छ । भन्सार समस्याका बारेमा पनि कुरा भयो ।’
भेटमा उद्योगी व्यवसायीले तातोपानी नाका सुचारु गर्नुपर्ने, दुबै देशको पर्यटन प्रवद्र्धन र नेपालको जडीबुटी व्यापारका सम्बन्धमा पनि कुरा राख्नुभएको थियो ।
भेटमा महासंघका अध्यक्ष राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा नेपालका उद्योग व्यवसायी हुनुहुन्थ्यो ।
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक