काठमाडौँ, ३१ साउन । सर्वोच्च अदालतमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका अपूरणीय क्षति भएकाले तत्काललाई बाढी पहिरो क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गर्दै रिट निवेदन दायर भएको छ ।
अधिवक्ता सुनिलरन्जन सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, केन्द्रीय दैवी प्रकोप उद्धार समितिलगायतलाई विपक्षी बनाई आज दायर गर्नुभएको रिट निवेदनमा बाढी पहिरो र डुबान क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी प्रभावित क्षेत्रमा युद्धस्तरमा राहत र बचाउको कार्य गर्न माग गरिएको छ ।
रिट निवेदनमा बाढी पहिरोमा परी जनधन गुमाएका परिवारलाई आवश्यक गास, बास र कपास, औषधोपचार, स्वास्थ्य खानेपानीको व्यवस्था मिलाउन आदेशको माग गरिएको छ ।
नेपालको पानी भारत निकासमा भारतसँग ठोस पहल गरी आवश्यक समाधानको लागि परमादेशको आदेश जारी गर्न माग गरिएको छ ।
काठमाडौंकी साम्राज्ञी मोक्तान बन्नुभयो १८ औं मिस तामाङ
गीतकार एवं कवि अधिकारीसहित सात स्रष्टालाई अमेरिकामा सम्मान गरिँदै
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता
बेलायत – भारत शैक्षिक सम्बन्धलाई सुदृढ पार्न भारतमा नौ वटा ब्रिटिस विश्वविद्यालय स्थापना गरिदै