लन्डन । ‘यूके डान्स अफ ०१७’ विजेता जसिता गुरुङ र नायिका मिरुना मगर बेलायतमा व्यावसायिक रुपमा निर्माण हुने विज्ञापनमा अनुवन्धित भएका छन् । भिजन संसारले ए स्टार फाइनान्सियल सोलुसन्स यूकेको विज्ञापन निर्माण गर्न जसिता र मिरुनालाई मंगलबार वेम्लीस्थित ए स्टार कार्यालयमा औपचारिक रुपमा अनुवन्ध गरेको हो ।
यूके डान्स अफ विजेता जसिताले अन्य विद्यामा प्रस्ताव आए पनि विज्ञापन नयां भएकाले उत्साहित भएको प्रतिक्रिया दिइन् । यसअघि नै ठूलो पर्दाको फिल्ममा काम गरिसकेकी नायिका मिरुना मगर पनि बेलायतमा व्यावसायिक विज्ञापनमा खेल्न पाउनुलाई नयां अवसरको रुपमा लिएको बताइन् ।
भिजन संसारका निर्देशक तथा कलाकार सनम बैरागले बेलायतमा पहिलोचोटी व्यवसायिक रुपमा विज्ञापन बनाउने अवसर पाएकोमा खुशी हुंदै श्रृजनात्मक कामका लागि प्रोत्साहन दिने ए स्टारलाई धन्यवाद दिए ।
ए स्टार सोलुसन्सका निर्देशक मीन दर्लामीले आफूहरुले ब्राण्ड प्रमोशन मात्र नभएर सामाजिक उत्तरदायित्व समेत वहन गरेको जिकिर गरे ।
विज्ञापन अनुवन्धको हस्ताक्षर कार्यक्रममा ए स्टार सोलुसन्सका रमेश सरांगकोटीले सहजीकरण गरेका थिए भने ए स्टारका कुमार गुरुङ, रबिन्द्र श्रेष्ठ, सपन इन्टरटेन्मेन्टका सपन राई, मन्जु गुरुङ, कलाकार सुस्मिता थापा, भिजन संसारका अभिमन्यू वैराग र दुवै कलाकारका अभिभावकहरुको समेत उपस्थिति थियो ।
करिब १ मिनेटको हुने विज्ञापनमा मेरुना र जेसिता बाहेक जेसन लिम्बुले पनि साथ दिनेछन् ।
विज्ञापनको मार्केटिङ भने साउथ हयारोमा रहेको एक्सप्रेस स्टुडियो सञ्चालन गर्दै आएको क्लिक टु रिच लिमिटेडले गर्नेछ ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै