जुवा (दक्षिण सुडान), २७ साउन । चिनियाँ सरकारले दक्षिणी सुडानमा भोकमरी फैलिएपछि आकस्मिक रूपमा बिहीबार १५ सय टन चामल राहत स्वरुप प्रदान गरेको छ ।
चीनले गत अप्रिलमा आठ हजार आठ सय टन चामल द्वन्द्वग्रस्त पुर्वी अफ्रिकी मुलुकहरुलाई सहयोग स्वरुप प्रदान गर्ने प्रतिज्ञा गरेको थियो ।
दक्षिणी सुडानमा रहेको चिनियाँ दूतावासका एक जना उच्च अधिकारी लि छिङफेङले पहिलो चरणमा ६० कन्टेनर चामल यस अगाडी नै दक्षिणी सुडानको राहत तथा पुनःउद्दार आयोगलाई हस्तान्तरण गरेको जानकारी दिनुभयो । उहाँले बाँकी चामल आगामी महिना सम्ममा आइसक्ने पनि बताउनुभयो ।
चीन र दक्षिण सुडानको दुईपक्षीय सम्बन्धलाई चीनले निकै महत्व दिएको कुटनीतिक अधिकारीहरुको भनाई छ ।
‘दक्षिण सुडानको एउटा साँच्चैको साथी र गम्भीर सहपाठीको रुपमा चीनले दक्षिण सुडानलाई सधै दह्रो सहयोग गर्दछ, दक्षिण सुडानको शान्ति प्रक्रियालाई पनि सक्दो सघाउने छ’, लिले भन्नुभयो ।
दक्षिण सुडानमा तीन बर्ष भन्दा लामो समय चलेको द्धन्द्धबाट अहिले जनताले राहत महशुस गरिरहेका छन् ।
द्वन्द्वरत पक्षकाबीचमा गत सन् २०१५ को अगस्तमा शान्ति सम्झौता भएको थियो । राष्ट्रसङ्घीय प्रतिनिधिहरुको रोहबरमा भएको सम्झौतापछि संक्रमणकालिन संयुक्त सरकार बनेको थियो ।
रास्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित