वासिङ्टन (अमेरिका), २७ साउन । उत्तर कोरियासँगको विकल्प ‘तयारी अवस्थामा वन्द’ रहेको हतियार भएको शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।
ट्रम्पले उत्तर कोरियाको हतियार दम्भप्रति इङगित गर्दै र उत्तर कोरिया बुद्धिमान् भएर प्रस्तुत नभए यसको समाधान ठाउँमा पूर्णतया ‘बन्द तर तयारी’ अवस्थामा रहेको बताउनुहुदै नेता किम जोङ उनले युद्धको नभै अर्को बाटो लिने विश्वास आफ्नो ट्वीट सन्देशमा जनाउनुभएको छ ।
अमेरिकी राष्ट्रपतिको उत्तर कोरियाली आणविक तथा ब्यालेष्टिक क्षेप्यास्त्र कार्यक्रमका बिषयमा व्यक्त लडाईका शब्द र उत्तर कोरियाद्वारा निरन्तर गर्दै आएका हतियार परीक्षण दुवै काम गलत भएका भन्दै बेइजिङले रिसमा दिइएका अभिव्यक्तिलाई शान्त पार्न उनीहरूलाई आग्रह गरेको छ ।
एक दिन पहिले अमेरिकी राष्ट्रपति ट्रम्पले प्योङयाङविरुद्ध कडा चेतावनी दिँदै अमेरिकालाई तर्साउने प्रक्रिया जारी राखेमा उसले नराम्रो प्रतिफल पाउने चेतावनी दिनुभएको थियो । ट्रम्पले आफ्ना कुरा अझै कडा नभएको भन्दै थप कडा भएर प्रस्तुत हुने बताउनुभएको थियो ।
अमेरिकी राष्ट्रपतिले उत्तर कोरियालाई अमेरिकी माटोमामाथि आक्रमण गर्नुपूर्र्व ‘धेरै धेरै संवेदनशील’ भएर सोच्न आग्रह गर्नुभएको थियो । उत्तर कोरियामाथि थप आर्थिक प्रतिवन्द लगाउने अमेरिकी प्रस्ताव संयुक्त राष्ट्रसङ्घबाट पासभएपछि र राष्ट्रसङ्घले आर्थिक प्रतिवन्धलाई कडा पारेपछि थप रुष्ट देखिएको छ ।
यही बर्षको जुलाईमा उत्तर कोरियाले लगातार दुई अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गरेपछि प्योङयाङ र अमेरिकाबीच तनाव चुलिएको छ ।
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
नेकपा एमाले संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ निर्विरोध
क्यानाडामा नेपथ्यको शृङ्खलाबद्ध यात्रा : टोरन्टोको टिकट ‘सोल्ड आउट’
नेपालको न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
क्रिमियामा सैन्य विमान दुर्घटना, २९ को मृत्यु
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय