
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको समुपस्थितिमा नेपाल र मोरक्कोबीच द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्दै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र नेपालका लागि मोरक्कोका राजदूत मोहमेद मल्लिकी । तस्बिर ः प्रदीपराज वन्त, रासस
काठमाडौँ, १९ साउन । नेपाल र मोरक्को अधिराज्यबीच सचिवस्तरीय द्विपक्षीय परामर्श संयन्त्र गठनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा परराष्ट्र मन्त्रालयमा आज आयोजित एक समारोहमा परराष्ट्रसचिव शंकरदास बैरागी र नेपालका लागि मोरक्कोका राजदूत मोहमेद मल्लिकीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
त्यस अवसरमा सचिव बैरागीले उक्त संयन्त्रले पारस्परिक हित र सहयोगका सबै क्षेत्रमा दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीबीच छलफल गर्ने बताउँदै राजनीतिक, आर्थिक, व्यापार, वाणिज्य, लगानी, वित्त, औद्योगिक क्षेत्र, शिक्षा, सामाजिक विकास र विज्ञान तथा प्रविधिका क्षेत्रमा पनि सहकार्य गर्ने जानकारी दिनुभयो ।
नेपाल र मोरक्कोबीच सन् १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता दुवै देशले संयुक्त राष्ट्रसङ्घ, असंलग्न आन्दोलन र समूह–७७ मा रहेर अन्तर्राष्ट्रिय शान्ति, मानवाधिकार, जलवायु परिवर्तन र सुरक्षाका क्षेत्रमा साझा धारणा मुखरित गर्दैै सहकार्य गरिरहेका उहाँले बताउनुभयो ।
मोरक्कोले भूकम्पपछि नेपाललाई १० लाख अमेरिकी डलर सहायतास्वरुप उपलब्ध गराएको स्मरण गर्दै उहाँले मोरक्कोलाई अन्तर्राष्ट्रिय कानून आयोग, अन्तर्राष्ट्रिय न्यायालय र राष्ट्रसंघीय मानवाधिकार परिषद्मा नेपालले सहयोग गरेको र मोरक्कोले नेपाललाई अब हुने राष्ट्रसंघीय मानवाधिकार परिषद्को सदस्यमा सघाउने प्रतिबद्धता व्यक्त गरेको बताउनुभयो ।
राजदूत मल्लिकीले आफ्नो मुलुक वैभवशाली नभए पनि मित्र मुलुकलाई समस्या परेका बेला सधैँ सहयोग गर्दै आएको बताउनुभयो । उहाँले नेपाली विद्यार्थीका लागि विज्ञान र प्रविधिका क्षेत्रमा छात्रवृत्ति बढाउने आश्वासन दिँदै द्विपक्षीय सहयोगलाई अझ फलदायी तुल्याउन आफू प्रतिबद्ध रहने बताउनुभयो ।
सो अवसरमा नेपालका लागि मोरक्कोका अवैतनिक वाणिज्यदूत बसन्तकुमार चौधरीलगायत उपस्थित हुनुहुन्थ्यो ।
जापानमा ‘नेपाल हाउस’ निर्माणका लागि ११ करोड सङ्कलन
तनहुँ समाज यूकेद्वारा बुद्धिबहादुर गुरुङको मिर्गौला उपचारका लागि २ लाख ६० हजार रुपैयाँ सहयोग
पुडासैनी नेतृत्वको एनआरएनए यूकेको भर्चुअल बैठक: यी हुन् महत्त्वपूर्ण चार निर्णय
जापान यात्रा २०२५ : नागोयामा नेपथ्यको पहिलो कार्यक्रम सम्पन्न
बेलायतमा जुनियर चिकित्सकद्वारा पाँच दिने हड्तालको घोषणा
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
बेलायतको वेलिङटन वार्डमा डा.विशाल गुरुङ काउन्सिलर पदको उम्मेदवार
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता