काठमाडौँ, ५ साउन । दोस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका क्रममा अज्ञात समूहले मतदान केन्द्रमा फालेको बम हातले समातेर फाल्नुभएका प्रहरी हवल्दार दुर्गाबहादुर रानालाई प्रहरी सहायक निरीक्षकमा बढुवा भएको छ ।
उत्कृष्ट कार्य गरेबापत रानाको बढुवा गरिएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रानाको बढुवा निर्णय भइसकेको छ, केही दिनमा दज्र्यानी चिह्न प्रदान गरिनेछ ।
गत असार १४ गते भएको मतदानका क्रममा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित अम्बास मतदान केन्द्रमा अज्ञात समूहले बम फालेका थिए । बम फालेलगत्तै हवल्दार रानाले त्यसलाई तत्काल हातले समातेर सुरक्षित स्थानमा फाली जनधनको क्षति हुनबाट जोगाउनुभएको थियो ।
त्यसलगत्तै गृहमन्त्री जनार्दन शर्माले रानालाई फोन गरेर उहाँको साहसको प्रशंसा गर्दै उचित सम्मान गर्ने घोषणा गर्नुभएको थियो ।
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा उद्घाटन, शनिबारदेखि बन्दसत्र
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान