लन्डन । एनआरएनए यूके कार्यसमिति अन्तर्गत विजनेश विभागमा क्रियाशिल व्यवसायी तथा समाजसेवी सुरोज मास्केले आगामी निर्वाचनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् । आफू सचिवको पदमा रहेर नेतृत्व टिमलाई गति दिन उल्लेख्य भूमिका खेल्ने बताउंदै उनले एनआरएन व्यक्ति र अध्यक्ष मात्र नभएर यसलाई टिम वर्कको रुपमा सामूहिक नेतृत्व प्रणालीमा जानुपर्ने धारणासहित आगामी निर्वाचनमा सद्भाव, सुझाव र सहयोगको अपिल गरेका छन् ।
एनआरएनए यूकेमा विकास हुंदै गएको विकृति विसंगति चिर्ने र नेपाल हाउस प्रोजेक्टलाई व्यापारिक मोडेलमा लगेर सफल बनाउन पहल कदमी लिने उनको प्रतिवद्धता छ ।
एनआरएनए नागरिकताको विवादास्पद मुद्दामा आफ्नो छुट्टै ‘भिजन’ भएको बताउने मास्के एनआरएनए भएर विदेश बसेर नेपालको राजनीतिक अधिकार सहित नागरिकता खोज्नु बेइमानी भएको बताउंदै भोग चलन, सम्पति अधिकार दिएर राज्यले सम्मान गरेमा अनुग्रहित हुनुपर्ने धारणा राख्छन् ।
एनआरएनए चुनाव पैसा र पहुंचको बलमा होइन, मुद्दाको आधारमा हुनुपर्ने धारणा राख्ने मास्के बेलायत जस्तो देशमा धेरै पद सृजना गरि सबैलाई समेट्ने प्रयास ठिकै भएपनि त्यसको भूमिका नहुने प्रति गम्भीर विमति राख्छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा