काठमाडौँ, ३१ असार । निर्वाचन आयोगले तराई–मधेसमा केन्द्रित राजनीति गर्दै आएका छवटा राजनीतिक दल एकीकरण भएर बनेको ‘राष्ट्रिय जनता पार्टी नेपाल’ लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले राजपालाई पार्टीको मान्यता दिने निर्णय गरेको हो ।
आयुक्त नरेन्द्र दाहालले छवटा दल मिलेर एकीकृत पार्टी गठनका लागि आयोगमा निवेदन दिएकामा आयोगको बैठकले ‘राष्ट्रिय जनता पार्टी नेपाल’ लाई दलको मान्यता प्रदान गरेको जानकारी दिनुभयो । उहाँले राजपालाई निर्वाचन चिह्न भने प्रदान गर्ने निर्णय भएको छैन भन्नुभयो ।
यसैगरी, आयोगको बैठकले पाँचवटा राजनीतिक दललाई दर्ता गरेको छ ।
पत्रकार रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीले औपचारिक रुपमा दलको मान्यता पाएको छ । यस्तै, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली शान्ति क्षेत्र परिषद्, दलित–मुस्लिम जनशक्ति पार्टी र नेपाली काँग्रेस (बिपी) लाई पनि आयोगले दलको मान्यता प्रदान गरेको छ ।
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे अध्ययन गरिनेछ: प्रधानमन्त्री वालेन्द्र शाह
मगर संघ यूकेको ‘नेपाली ओपन कन्सर्ट’ जुलाई २५ मा, मन्त्र ब्यान्डको प्रस्तुति रहने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण