काठमाडौँ, ३१ असार । निर्वाचन आयोगले तराई–मधेसमा केन्द्रित राजनीति गर्दै आएका छवटा राजनीतिक दल एकीकरण भएर बनेको ‘राष्ट्रिय जनता पार्टी नेपाल’ लाई राजनीतिक दलको मान्यता प्रदान गरेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले राजपालाई पार्टीको मान्यता दिने निर्णय गरेको हो ।
आयुक्त नरेन्द्र दाहालले छवटा दल मिलेर एकीकृत पार्टी गठनका लागि आयोगमा निवेदन दिएकामा आयोगको बैठकले ‘राष्ट्रिय जनता पार्टी नेपाल’ लाई दलको मान्यता प्रदान गरेको जानकारी दिनुभयो । उहाँले राजपालाई निर्वाचन चिह्न भने प्रदान गर्ने निर्णय भएको छैन भन्नुभयो ।
यसैगरी, आयोगको बैठकले पाँचवटा राजनीतिक दललाई दर्ता गरेको छ ।
पत्रकार रवीन्द्र मिश्रले नेतृत्व गरेको साझा पार्टीले औपचारिक रुपमा दलको मान्यता पाएको छ । यस्तै, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, नेपाली शान्ति क्षेत्र परिषद्, दलित–मुस्लिम जनशक्ति पार्टी र नेपाली काँग्रेस (बिपी) लाई पनि आयोगले दलको मान्यता प्रदान गरेको छ ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए