लण्डन । सङखुवासभा समाज बलायतले दशाैँ वार्षिकाेत्सव भव्यताका साथ मनाउने भएको छ ।
समाजको शनिबार फेल्थाममा सम्पन्न बैठकले यही अगष्ट १२ का दिन मनाइने दशाैँ वार्षिकोत्सवलाई विशेष अवसरका रुपमा मनाउने निर्णय गरेकाे हाे ।
समाजका अध्यक्ष गणेश रानाको अध्यक्षतामा भएको बैठकको संचालन महासचिव सेमन्त राईले गरेका थिए । बैठकमा स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष श्रीमती बसुन्धरा याक्खा राईले दिएकी थिइन् । बैठकले दशौं वार्षिक महोत्सवमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा ब्रिटिश गोर्खा आर्मीको पाईपर टिमबाट मीठो धुनको प्रस्तुति र संखुवासभाली लाखे नाँच्दै रङ्गीबिरङ्गी बेलुन र फुलको गुच्छाको साथ केक काटी भब्य रुपमा मनाउने निर्णय गरिएको छ।
संखुवासभा जिल्लाका विभिन्न जातजाति, भाषाभाषीको मौलिक संस्कृतिको नृत्य र संखुवासभा झल्किने अन्य झाँकीहरु पनि सो अवसरमा प्रस्तुत गरिनेछ। देशविदेशमा चर्चित संखुवासभाली युवा गायक र नेपालका वरिष्ठ कलाकारहरुको साथमा युकेका ख्यातिप्राप्त स्थानीय कलाकारहरुको बेजोडको प्रस्तुति रहनेछ। जिल्लाका वयोबृद्ध आमाबुबा र अन्य जिल्लामा विवाह भएका चेलीबेटी, ज्वाई चेला, विभिन्न बिधामा उच्च दक्षता हासिल गरेका, जिसीएससी र युनिभर्सिटीमा राम्रो अंक प्राप्त गरेका बिद्यार्थीहरु र समाजलाई अनवरत रुपमा सहयोग गरिरहनुभएका महानुभाव साथै निवर्तमान अध्यक्षहरु लगायतलाई सो कार्यक्रममा सम्मान र अभिनन्दन गरिने भएको छ।
कार्यक्रममा संखुवासभा बेलायतको मुखपत्र प्रकाशनको विमोचन र प्रमुख अतिथिको बाहुलीबाट संखुवासभा अन्तर्राष्ट्रिय समन्वय् परिषद् (संयोजन) समितिका संयोजक सहित बेलायतका आयोजक टिमलाई खादा अोडाई संम्मान गरिने भएको छ ।
गैर आवासीय नेपाली संघ युके हाँक्ने टीमको नजरमा सँधैजसो सङखुवासभालाई अोझेलमा पारिएको गुनासो गर्दै समाजले यसपल्टको गैरआवासीय नेपाली संघको अधिवेशनमा उपाध्यक्षको उम्मेदवारी घोषणा गर्नु भएका समाजका वरिष्ठ सदस्य तथा अल्टरसट एरिया प्रमुख श्रीमती सुशीला राईलाई सहयोग गर्ने निर्णय गरेको छ ।
पाँच वटा नगरपालिका र पाँच वटा गाउँ पालिका भएको संखुवासभा जिल्लालाई पर्यटकीय जिल्लामा रुपान्तरण गर्नको निमित्त प्रवासमा रहेका सबै संखुवासभालीलाई आह्वान गर्दै अगाडी बढ्ने निर्णय गरी अध्यक्षबाट बैठक समापनको घोषणा गरिएको थियो।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस