जेनेभा (स्वीट्जरल्याड), १६ असार । सन् २०११ पछि सिरियामा जारी द्वन्द्वका कारण विस्तापित बनेकामध्ये झण्डै पाँच लाख सिरियाली जनता सन् २०१७ को शुरु देखि हालसम्म घर फर्केका संयुक्त राष्ट्रसङ्घ शरणार्थी मामिला हेर्ने नियोगले शुक्रबार जनाएको छ ।
उनीहरू घर फर्किनुको अर्थ सिरिया पूर्णतया सुरक्षित भएको कारणले भन्दा द्वन्द्वमा छुटेका आफ्ना परिवारका सदस्य र सम्पत्ति खोजी गर्न पुगेका पाइएको पनि बताइएको छ । उनीहरूले घर फर्की आफ्नो घर र सम्पत्तीको रेखदेख पछि केही पुनः शरणार्थी शिवरिमा फर्किने गरेपनि केहीले भने पुनः घरगाउ नछोडेका पाइएको बताइएको छ ।
राष्ट्रसङ्घीय उक्त नियोगले पछिल्ला केही महिना यता स्वदेश तथा विदेशमा बसोबास गर्दै आएका जनता घर फर्की आफ्ना परिवार र सम्पत्तीको हेरचाह गरेको भेटिएको बताएको छ ।
जनवरीपछि चार लाख ४० हजार विस्तापित सिरियाली अलेप्पो, हामा, होम्स र दमास्कस क्षेत्रमा फर्केको यूएनएचसीआरका प्रवक्ता आन्द्रेज महेसिकले जेनेभामा भेला भएका सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।
सो अवधिमा करिब ३१ हजार शरणार्थी छिमेकी देशबाट स्वदेश आएका छन् । यससँगै सन् विदेश पलायन भएका करिब दुई लाख ६० हजार सिरियालीको सन् २०१५ पछि स्वदेश आगमन भएको उहाँले बताउनुभयो ।
उहाँले विदेशमा रहेका सिरियाली स्वदेश फर्कने वातावरण हुनु र फर्कन चाहनुले सकारात्मक सन्देश दिएको भएपनि लाखौैं जनता विस्तापित भएको सिरियामा फर्कनेको सङ्ख्या नगन्य मात्र भएको बताउनुभयो ।
उहाँले सिरियामा हिंसात्मक गतिविधिमा कमी आएका कारण घर छोडी शरणार्थी बनेका जनता स्वदेश वा घर फर्किन थालेका भनिहाल्नु नहुने बताउनुभयो ।
सिरियामा गत छ बर्षको अवधिमा तीनलाख २० हजार भन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् भने आधा जनसङ्ख्या आन्तरिक वा बाह्यरूपमा विस्तापित बनेका संयुक्त राष्ट्रसङ्घको आँकडा रहेको छ ।
तर सिरियास्थित राष्ट्रसङ्घका विषेश प्रतिनिधि स्टेफेन दे मिस्टुराले यसै हप्ता सुरक्षा परिषद्मा मे ४ मा भएको शान्तिवार्तापछि हिंसा प्रष्ट महशुस गर्न सकिने गरी घटेको बताउनुभएको थियो ।
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा