लन्डन । सडक बालबालिकाबीच सन् २०१८ मा मस्कोमा हुने तेश्रो ‘स्ट्रिट चाइल्ड वल्ड कप’ मा नेपालका बालबालिका पहिलोपटक सहभागी हुने भएका छन् । झण्डै ५ वर्षको प्रयासपछि नेपालले उक्त प्रतियोगितामा अवसर पाएको हो । नेपाल सहित २४ राष्ट्रिय टिमले भाग लिने उक्त प्रतियोगितामा विश्वभरका करिब दुई सयभन्दा बढि बालबालिका एकै प्लेटफर्ममा उपस्थित हुने बिहीबार आयोजकले मस्कोमा जनाएका हुन् । स्ट्रिट चाइल्ड युनाइटेडले रसियन फुटबल फेडेरेसनको सहकार्यमा प्रतियोगिता गर्न लागेको हो ।
सडक बालबालिकाको रेखदेख र पालनपोषण गर्दै आएको काठमाण्डौंस्थित सेल्टर नामक संस्थाको पहलमा नेपालले प्रतिनिधित्व गर्न पाएको सेल्टरकी अध्यक्ष खुश्बु ओलीले मस्कोबाट जनाइन् । उनले प्रतियोगिताका लागि देशभरबाट बालबालिका छनोट गरिने जनाउंदै यसमा आर्थिक, सामाजिक तथा मानसिक सहयोग गरिदिन सबैमा आग्रह गरेकी छन् ।
विश्व कप प्रतियोगिताको पहलप्रति पोप फ्रान्सिस, बेलायती राजकुमार विलियम तथा आर्चबीसप डेसमण्ड टुटको पनि समर्थन छ । यस अलवा लियोनेल मेसी, पेले, डेभिड बेकहयाम, पूर्व म्यानचेस्टर युनाइटेड म्यानेजर सर एलेक्स फरगुसनले पनि साथ दिएका छन् ।
सिमान्तकृत सडक बालबालिकाको प्रतिभा उजागर गर्न र उनीहरुप्रति समाजमा रहेको नकारात्मक मानसिकता हटाउन प्रतियोगिता उपयुक्त प्लेटफार्म हुने बताइएको छ ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा