काठमाडौँ, ६ असार । काठमाडौँ महानगर कार्यपालिकाको आजको बैठकले विगतमा ८८ वर्ष उमेर पुगेका वरिष्ठ ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप वार्षिक रु १० हजार महानगर भत्ता एकमुष्ठ प्रदान गर्दै आएकामा चालु आव देखि उक्त भत्ता रकममा वृद्धि गरी रु १२ हजार दिने निर्णय गरेको छ ।
बैठकले आर्थिक वर्षभित्र विकासको काम सुरु गर्ने गरी सबै वडा कार्यलयमा रु २५ लाख बजेट दिने, दुई महिनाभित्र महानगरपालिकाको सङ्गठन सर्वेक्षण गरी दरबन्दी र कार्यविवरणसहितको प्रतिवेदन तयार गर्ने निर्णय गरेको बैठकपछि प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
बैठकले नगर क्षेत्रमा साविकदेखि सञ्चालनमा आएका भाडाका ट्याक्सी मिटरमा गुड्नुपर्ने कानुनी व्यवस्थाको अनिवार्य पालना गराउने, ट्याक्सी पुराना भएको भनी प्राप्त जनगुनासोलाई दृष्टिगत गरी उक्त विषयमा सम्बद्ध यातायात व्यवस्था विभाग र उपत्यका ट्राफिक प्रहरी महाशाखा समेतलाई कडा नियमन गर्न अनुरोध गर्ने साथै महानगपालिकाको सहरी क्षेत्रमा सर्वसुलभ ठूला यात्रु बस सञ्चालन गर्ने नीति तथा कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।
अबका दिनमा महानगरभित्र पुनःनिर्माणको कार्य गर्दा पुरातात्विक सम्पदालाई प्राथामिकता दिने प्रमुख शाक्यले जानकारी दिनुभयो ।
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा