एनआरएनए यूकेको सदस्यता लिने डेडलाइन ७ अगष्ट

लन्डन । एनआरएनए यूके कार्यसमिति र निर्वाचन समितिबीच आगामी निर्वाचनबारे छलफल भएको छ । गत ४ जुन आइतबारका दिन चौतारी रेष्टुरेन्ट प्लमस्टिडमा सम्पन्न बैठकले आगामी ९ सेप्टेम्बरमा हुन लागेको एनआरएनए यूके निर्वाचन र यससंग सम्बन्धि विषयमा छलफल गरेको हो ।

एनआरएनए यूके उपमहासचिव अर्जुन कटुवालका अनुसार, बैठक सदस्यता वितरण र निर्वाचन प्रक्रियामा केन्द्रित भयो । बैठकले सदस्यता वितरण अवधि एक साता पर सार्दै ७ अगष्टलाई अन्तिम मिति तोकेको छ । सदस्यता वितरण कार्यसमितिले गर्ने र निर्वाचन समितिले त्यसको अनुगमन गर्ने सहमति गरिएको छ । यसपटक संघले सदस्यता शुल्क २५ पाउण्ड पुरयाएको छ ।

१७ जुनमा हुने बैठकले अनुगमन समिति, पर्यवेक्षण समिति, अनुशासन समिति, सदस्यता जांचबुझ समिति र सदस्यता सम्वन्धि उजुरी लिने समिति गठन गर्ने प्रस्ताव भएको छ ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा महासचिव विजयविक्रम लिङदेनले निर्वाचन नियमावली, विधान लगायतबारे प्रकाश पारेका थिए ।

बैठकमा निर्वाचन समिति संयोजक, सदस्य सचिव लगायत सदस्यहरुलाई औपचारिक रुपमा नियुक्ति पत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री