लन्डन । एनआरएनए यूके कार्यसमिति र निर्वाचन समितिबीच आगामी निर्वाचनबारे छलफल भएको छ । गत ४ जुन आइतबारका दिन चौतारी रेष्टुरेन्ट प्लमस्टिडमा सम्पन्न बैठकले आगामी ९ सेप्टेम्बरमा हुन लागेको एनआरएनए यूके निर्वाचन र यससंग सम्बन्धि विषयमा छलफल गरेको हो ।
एनआरएनए यूके उपमहासचिव अर्जुन कटुवालका अनुसार, बैठक सदस्यता वितरण र निर्वाचन प्रक्रियामा केन्द्रित भयो । बैठकले सदस्यता वितरण अवधि एक साता पर सार्दै ७ अगष्टलाई अन्तिम मिति तोकेको छ । सदस्यता वितरण कार्यसमितिले गर्ने र निर्वाचन समितिले त्यसको अनुगमन गर्ने सहमति गरिएको छ । यसपटक संघले सदस्यता शुल्क २५ पाउण्ड पुरयाएको छ ।
१७ जुनमा हुने बैठकले अनुगमन समिति, पर्यवेक्षण समिति, अनुशासन समिति, सदस्यता जांचबुझ समिति र सदस्यता सम्वन्धि उजुरी लिने समिति गठन गर्ने प्रस्ताव भएको छ ।
एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा महासचिव विजयविक्रम लिङदेनले निर्वाचन नियमावली, विधान लगायतबारे प्रकाश पारेका थिए ।
बैठकमा निर्वाचन समिति संयोजक, सदस्य सचिव लगायत सदस्यहरुलाई औपचारिक रुपमा नियुक्ति पत्र प्रदान गरिएको थियो ।
बेलायती प्रधानमन्त्री कीर स्टार्मरमाथि बढ्दो राजनीतिक दबाब
संविधानसभा सदस्य तथा पहिचानवादी नेता कुमार राईको निधन
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता
गोर्खा सैनिक र उनीहरुका सन्ततिको नागरिकता निरन्तरताबारे नेपालका राष्ट्रपति पौडेललाई बुझाइयो ज्ञापनपत्र