लन्डन । तमुधिं यूकेले बेलायतमा गरिरहेका कार्य र कार्यक्रमप्रति लन्डनस्थित नेपाली दूतावासले उच्च सम्मान र कदर भाव व्यक्त गरेको छ ।
दूतावासका प्रवक्ता शरदराज आरणले बिहीबार एक विज्ञप्ति जारी गर्दै तमुधिं यूकेले बेलायतमा नेपाल र नेपालीको पहिचान एवं प्रतिष्ठा बढाउन गरेको योगदान र बेलायतको नेपाली समाजमा भातृत्व, एकता, सहिष्णुता र समझदारी अभिवृद्धि गर्न गरिरहेका कार्य र कार्यक्रमप्रति दूतावासको उच्च सम्मान र कदर भाव रहेको उल्लेख गरेका हुन् ।
तमुधिं यूकेले नेपाल र नेपालीको हित, बेलायतमा रहेका नेपालीबीच वन्धुत्व र सौहार्दता अभिवृद्धि एवं नेपाली संस्कृति र पर्यटन प्रवर्धनका लागि आयोजना गर्ने गोर्खा कप, नेपाली मेला लगायत अन्य कार्यक्रममा राजदूतावासको निरन्तर सहयोग रहने समेत विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा दूतावाससंग सहकार्य गर्ने गरि अगाडि बढ्ने भनि तमुधिं यूकेले बिहीबार नै जारी गरेको विज्ञप्तिको स्वागत समेत गरिएको छ ।
गोर्खा कपमा राजदूतको प्रमुख आतिथ्य विषयलाई लिएर तमुधिं यूके र दूतावासबीच केही दिन यता चुलिएको विवाद अन्त्य गर्ने सहमतिपछि दुवैले विज्ञप्ति निकालेका हुन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता