काठमाडौँ, १७ जेठ । निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
आयोगको आज बसेको बैठकले च्यातिएका मतको स्पष्ट यकिन विवरण प्राप्त नभएको यस्तो निर्देशन दिएको हो । आयोगद्वारा जारी विज्ञप्तिमा उक्त घटनामा केही मतपत्र च्यातिएको भन्ने व्यहोरा उल्लेख भएपनि के कति सङ्ख्यामा मतपत्र नष्ट भएको भन्ने यकिन नभएको उल्लेख गरिएको छ ।
“गणना भएका तथा गणनाका क्रममा रहेका मतपत्र जहाँ जे जस्तो अवस्थामा थिए सोही अवस्थामा नै पोका पारी सिलबन्दी गरिराखेको भन्ने उल्लेख भएकामा सो महानगरमा उम्मेदवारी दिएका उम्मेदवार वा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको रोहवरमा खोली यकिन गरेर प्रतिवेदन पठाउन भनिएको छ” – आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत वैशाख ३१ गते सम्पन्न निर्वाचनको मत गणनाका क्रममा सो वडाको एक हजार ८०९ मत मत गणना भइसकेपछि उक्त घटना भएको थियो । सो घटना हुनुअघि भरतपुर महानगरका २९ वडामध्ये २७ वटा वडाको मत गणना सम्पन्न भइसकेको थियो ।
भरतपुर महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी रेणू दाहाल तथा नेकपा (एमाले)का उम्मेदवार देवी ज्ञवालीबीच तीव्र प्रतिस्पर्धा रहेको देखिएको छ ।
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा