काठमाडौँ, १० जेठ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच भएको सहमतिअनुरुप सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा गर्नुभएकामा धन्यवाद दिनुभएको छ ।
सभापति देउवाले आज एक विज्ञप्तिमार्फत काँग्रेस र माओवादी केन्द्रबीच भएको राजनीतिक सहमतिअनुरुपको सहकार्य भविष्यमा पनि निरन्तर जारी रहने विश्वास व्यक्त गर्दै काँग्रेसले सबै राजनीतिक दलसँग गरेका सहमति दृढतापूर्वक सदैव कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले काँग्रेस र माओवादी केन्द्रबीच मुलतः नेपालको संविधानको स्वीकार्यता विस्तार गर्न, स्थानीय तह, प्रदेश र सङ्घीय संसद्को निर्वाचन गरी संविधान कार्यान्वयन गर्न तथा मुलुकलाई शान्ति, स्थिरता र आर्थिक समृद्धितर्फ लैजाने उद्देश्यका साथ राजनीतिक सहमति भई वर्तमान सरकार गठन भएको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा सरकार गठन भएको १० महिनाभित्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने काम भएको, बीस वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको पहिलो चरण शान्तिपूर्ण र निष्पक्ष रुपले सम्पन्न भएको, सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका लागि सराहनीय काम गरेको चर्चा गरिएको छ ।
“यस अवधिमा देशमा शान्ति, स्थिरता कायम भई विकास निर्माण र आर्थिक गतिविधि सञ्चालन भएको हुँदा आर्थिक वृद्धिदर उल्लेख्य रुपमा वृद्धि भई महत्वपूर्ण उपलब्धि प्राप्त भएको छ”– विज्ञप्तिमा उल्लेख छ ।
सभापति देउवाले प्रधानमन्त्री दाहालको कार्यको उच्च प्रशंसा गर्दै उहाँलाई हार्दिक बधाई दिनुका साथै सरकारको उपलब्धिका लागि सहयोग गर्ने सबै राजनीतिक दल र सबै नेपालीमा धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले सरकार परिवर्तनको प्रक्रियाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रभावित नहुने र समयमै निर्वाचन हुने कुरामा सबैलाई ढुक्क हुन आग्रह गर्नुभएको छ ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त