
व्यवस्थापिका संसदको सोमबार बसेको तेस्रो अधिवेशनको पहिलो बैठकमा सहभागीहरु सांसदहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस
काठमाडौँ, ८ जेठ । व्यवस्थापिका–संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु भएको छ । बैठक सुरु हुनेबित्तिकै सभामुख ओनसरी घर्तीले राष्ट्रपति विद्यादेवी भण्डारीले पठाउनुभएको पत्र वाचन गरेर सुनाउनुभएको भएको थियो ।
बैठकमा विभिन्न आन्दोलन तथा सङ्घर्षमा सहादत प्राप्त गर्नुभएका ज्ञात तथा अज्ञात सहिदप्रति दुई मिनेट मौनधारण गरिएको थियो ।
यस्तै, बैठकमा आर्थिक वर्ष २०७४-७५ को आयव्ययको अनुमानमाथि सैद्धान्तिक छलफलका लागि मङ्गलबार विचारविमर्श गर्ने गरी कार्यसूची तय भएको जानकारी गराइयो ।
सो छलफल आगामी आवको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा केन्द्रित हुने छ । व्यवस्थापिका–संसद्को अर्को बैठक मङ्गलबार बिहान ११ः०० बजे बस्नेछ ।
आगामी आवको नीति तथा कार्यक्रम यही जेठ ११ गते प्रस्तुत गर्ने सरकारको तयारी छ । राष्ट्रपति भण्डारीले उक्त दिन सरकारको नीति तथा कार्यक्रम संसदसामु प्रस्तुत गर्नुहुनेछ ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम